Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन कार्यविधि तयार

विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन कार्यविधि तयार

  • शुक्रवार, कार्तिक २४ २०८०

  • 533
    SHARES

  • विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन कार्यविधि तयार

    काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन कार्यविधि तयार पारेको छ ।

    तयार कार्यविधि अनुसार आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि मुलुक तोक्नेछ ।

    आयोगका अनुसार यो प्रक्रिया शुरु भइसकेको छ र पहिलो चरणमा खाडी मुलुकहरु युनाइटेड अरब इमिरेट्स, कतार, मलेसियामा मतदाता नामावली संकलन गर्ने तयारी छ ।

    सम्बन्धित देशको कूटनीतिक नियोगमा व्यक्तिको फोटो र औंठा छाप संकलन गर्ने आयोगले जनाएको छ । आयोगका अधिकारीहरुका अनुसार कुटनीतिक नियोगकै कर्मचारीलाई तोकेर मतदाता नामावली दर्ता गर्न लगाउने र सफ्टवेयरबाट उक्त नामावली लिएर निर्वाचन आयोगले नै अन्तिम निर्णय लिने गरी कार्यविधि तय गर्न खोजिएको छ ।

    ‘मतदाता नामावली दर्ता गर्ने प्रयोजनको लागि कुटनीतिक नियोगको कार्यालयमा दर्ता स्थल राख्दा नागरिकको सहज पहुँच, जैविक विवरण लिन उपयुक्त स्थानलाई चयन गर्नु पर्नेछ’ कार्यविधिको बुँदा नम्बर ७ मा छ । यसका लागि सम्बन्धित देशको कुटनीतिक नियोगले आवश्यक समन्वय गर्ने र आवश्यकताका आधारमा घुम्ति शिविर समेत सञ्चालन गर्न सक्ने भनिएको छ ।

    साथै, विदेशमा रहेका नेपालीलाई अनलाइनमार्फत नेपालमा आफ्नो स्थायी ठेगानामा मतदाता नामावली कायम हुने गरी प्रिरजिस्ट्रेसन गर्न लगाउने पनि आयोगको कार्यविधिमा उल्लेख छ ।


    शुक्रवार, कार्तिक २४ २०८००२:४६:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij