Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

‘टिकटकका लागि व्यवस्था नै परिवर्तन गर्ने त?’

‘टिकटकका लागि व्यवस्था नै परिवर्तन गर्ने त?’

  • बिहिवार, कार्तिक ३० २०८०

  • 645
    SHARES

  • ‘टिकटकका लागि व्यवस्था नै परिवर्तन गर्ने त?’
    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद श्याम घिमिरेले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको भन्ने आरोप अस्वीकार गर्नुभएको छ । साथै उहाँले १०–१० वर्षमै व्यवस्था परिवर्तन मुलुकको हितमा नहुने पनि बताउनुभयो ।
     
    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता घिमिरेले भन्नुभयो, ‘व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने कुरा सही होइन । यो संविधान बनेको नौ वर्ष पनि भएको छैन । कतिपय नेपालीको चाहना बच्चाको जस्तो छ । प्रत्येक ६–६ महिनामा व्यवस्था नै चेन्ज गर्न खोज्छन् । मिडियाकर्मीको काम पनि त्यस्तै छ । हरेक ६ महिना, वर्षदिन वा १० वर्षमा व्यवस्था चेन्ज गर्ने हो भने हामी पुग्छौ कहाँ ?’ 
     
    सांसद घिमिरेले फेसबुक लगायत सामाजिक सञ्जालमा आएको कुरालाई नै जनताको मतको अभिव्यक्ति मान्न नसकिने बताउनुभयो । टिकटक बन्द गर्ने सरकारको निर्णयमा आफू सहमत नभएको पनि घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पक्कै पनि सामाजिक सञ्जालमा विकृति र उच्खृंखलता छन् । तर सामाजिक सञ्जालको व्यवस्थापन, नियमन गर्ने हो नियन्त्रण गर्ने होइन । सरकारले गरेका सबै निर्णय सही हुन्छन् भन्ने छैनन् । म लोकतन्त्रवादी हुँ, म टिकटक प्रतिबन्धमा सहमत छैन । तर टिकटकका लागि व्यवस्था नै परिवर्तन गर्ने त ? लोकतन्त्रमा जस्तो स्वतन्त्रता अन्यत्र पाइन्छ ? नेपाली जनताको चाहना निरंकुशतन्त्र हुनै सक्दैन ।’ अहिले कांग्रेसले वर्तमान सरकारको विकल्प नखोजेको पनि उहाँले बताउनुभयो । 
     


    बिहिवार, कार्तिक ३० २०८००८:५३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij