Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आइपिएल क्रिकेटमा आज बैंगलोर र कोलकत्ता भिड्दै

आइपिएल क्रिकेटमा आज बैंगलोर र कोलकत्ता भिड्दै

  • सोमवार, आश्विन २६ २०७७

  • 962
    SHARES

  • आइपिएल क्रिकेटमा आज बैंगलोर र कोलकत्ता भिड्दै

    युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज  रोयल च्यालेन्जर्स बैंगलोर र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ।

    सारजाहमा बैंगलोर र कोलकत्ता सातौं खेलका लागि मैदान उत्रने छन् । बैंगलोर र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजेबाट सुरु हुनेछ । सारजाह क्रिकेट स्टेडियममा बैंगलोर पाँचौ जितको खोजीमा हुनेछन् । अघिल्ला ६ खेलमा बैंगलोरले ४ जितसहित ८ अंक जोडेको छ ।

    विराट कोहलिको कप्तानीमा रहेको बैंगलोर चौंथो स्थानमा रहेको छ । कोलकत्तालाई हराएर बैंगलोर शीर्ष दुई भित्र उक्लन चाहन्छ । तर, दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रने कोलकत्तालाई हराउन बैंगलोरलाई सहज हुने छैन । कोलकत्ता पनि पाँचौ जितको खोजीमा हुनेछ । ६ खेलमा ८ अंक जोडेको कोलकत्ता तेस्रो स्थानमा रहेको छ ।


    सोमवार, आश्विन २६ २०७७१२:२२:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij