Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

‘सबै प्रदेश मिलेर सिंहदरबार घेराउ गरौं’

‘सबै प्रदेश मिलेर सिंहदरबार घेराउ गरौं’

संघीयतालाई स्थायित्व दिने हो भने प्रहरी र निजामती कर्मचारी नियुक्तिको अधिकार प्रदेशलाई दिनुपर्छ 
  • सोमवार, मंसिर ४ २०८०

  • 652
    SHARES

  • ‘सबै प्रदेश मिलेर सिंहदरबार घेराउ गरौं’
    काठमाडौं । मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री चन्दन सिंहले संघीयतालाई स्थायित्व दिने हो भने तत्काल प्रहरी र निजामती कर्मचारी नियुक्तिको अधिकार प्रदेशलाई दिनुपर्ने औंल्याउनुभएको छ ।
     
    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै मन्त्री सिंहले भन्नुभयो, ‘आजको संघीयता मधेसी छोराहरूको रगतले आएको हो । संघीयतालाई स्थायित्व दिने हो भने प्रदेशलाई प्रहरी र निजामती कर्मचारी नियुक्तिको अधिकार दिनुपर्छ । त्यसका लागि प्रधानमन्त्रीलाई मधेस प्रदेशको मुख्यमन्त्रीसहित पूरै मन्त्रिपरिषद्, सबै संसदीय दलको नेताहरूको हस्ताक्षरमा एक महिने अल्टिमेटमसहित ज्ञापन पत्र दिएका थियौं । प्रधानमन्त्रीले त्यसमा सकारात्मक छौं पनि भन्नुभएको थियो । तर माग पूरा भएको छैन । हामी भोलिदेखि आन्दोलनको तयारीमा लाग्छौं । यो अधिकारका लागि आन्दोलन हो । अब सबै प्रदेश मिलेर सिंहदरबार घेराउ गर्नुपर्छ ।’ 
     
    प्रदेश मन्त्री सिंहले मधेस प्रदेशले रेमिट्यान्सको अनुपातमा बजेट नपाएको असन्तुष्टि पनि जनाउनुभयो । मधेस प्रदेशबाट सबैभन्दा धेरै मानिस विदेश गएको र संघीय सरकारलाई सबैभन्दा बढी रेमिट्यान्स उनीहरूले नै पठाएको बताउँदै उहाँले संघीय सरकारले रेमिटयान्सको अनुपातमा मधेसलाई बजेट नपठाएको  गुनासो गर्नुभयो । सिंहले अब मजदुरभन्दा पनि प्रशिक्षित कामदार विदेश पठाउनुपर्ने बताउनुभयो । 
     


    सोमवार, मंसिर ४ २०८०१०:२०:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij