Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

खिमानन्द खरेल को मौलिक पन्चेबाजा गित ‘पारिजातको बोट’ सार्वजनिक (भिडियोसहित)

खिमानन्द खरेल को मौलिक पन्चेबाजा गित ‘पारिजातको बोट’ सार्वजनिक (भिडियोसहित)

  • सोमवार, मंसिर ४ २०८०

  • 1.8K
    SHARES

  • खिमानन्द खरेल को मौलिक पन्चेबाजा गित  ‘पारिजातको बोट’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । नेपाली लोक दोहोरी गीत संगीतको पेरिफेरिमा मौलिक सर्जकको नामबाट परिचित खिमानन्द खरेलको ‘पारिजातको बोट’ बोलको गीत सार्वजनिक भएको छ । 

    पाल्पाको रमणीय स्थल बौघागुम्मा मा छायाङ्कन  भएको गीतमा  खिमानन्द खरेल को शब्द र लय रामचन्द्र चन्दको संगीत संयोजन रहेको छ । गाउँघरमा गुन्जिने पञ्चेबाजाको स्वादमा तयार भएको यस गीतमा ईश्वर सिंह र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वर सुन्न सकिन्छ ।

    प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई श्याम स्वेत रसाइलीले मिक्सिङ गरेका हुन् भने अस्मिता रनपाल, सुमन थापा, दिप्सन छेत्री र नबिना घर्तीको यस गीतको म्युजिक भिडियोमा अभिनय देख्न सकिन्छ ।

    सुमन थापाको निर्देशन र कोरियोमा तयार भएको भिडियोलाई राम केसीले छायाङ्कन र अमृत चौलागाईंले सम्पादन गरेका हुन् । भिडियोलाई रेभेन्स म्युजिक  युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

     

     


    सोमवार, मंसिर ४ २०८०११:३८:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij