Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

दुर्गा प्रसाईंलाई सुरक्षा दिइएको हो, नजरबन्दमा राखिएको होइन : गृह प्रवक्ता

दुर्गा प्रसाईंलाई सुरक्षा दिइएको हो, नजरबन्दमा राखिएको होइन : गृह प्रवक्ता

  • शनिवार, मंसिर ९ २०८०

  • 573
    SHARES

  • दुर्गा प्रसाईंलाई सुरक्षा दिइएको हो, नजरबन्दमा राखिएको होइन : गृह प्रवक्ता
    काठमाडौं । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्दमा राखिएको नभई सुरक्षा दिइएको बताउनुभएको छ ।
     
    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘भक्तपुर जिल्ला प्रशासन कार्यालयले यो विषयमा हिजो साँझ विज्ञप्ति निकालेको छ । उहाँलाई प्रशासनले सुरक्षा दिएकोसम्म सत्य हो, नजरबन्द राखिएको सत्य होइन । उहाँ आफ्नो इच्छा अनुसार घरमा बस्नुभएको हो । उहाँलाई नजरबन्दमा राख्ने नीति पनि छैन, राखिएको पनि छैन । उहाँले आफ्नो निवासमा मानवअधिकारकर्मी, पत्रकार भेटघाट गरिरहनुभएको छ । जिल्ला प्रशासन काठमाडौंले बल्खुमा कार्यक्रम गर्न भनेकामा उहाँ आफैं जान नचाहेको हो ।’ 
     
    हरेक नागरिकलाई शान्तिपूर्ण रुपमा भेला हुने, सभा सम्मेलन गर्ने अधिकार रहेको पनि भट्टराईले स्पष्ट पार्नुभयो । जिल्ला प्रशासन कार्यालयमा समन्वय गरेर तोकिएको स्थानमा कार्यक्रम गर्न कुनै रोकतोक नभएको पनि उहाँले बताउनुभयो । 
     
    सरकारी निकायले संविधान र प्रचलित कार्यक्रम अनुसार काम गर्ने पनि उहाँले बताउनुभयो । भट्टराईले भन्नुभयो, ‘कानुन उल्लंघन गर्ने, तोडफोड गर्ने, हुलदंगा गर्ने, गाली बेइज्जती गर्ने, जातीय सद्भाव बिथोल्ने कार्य गर्ने हो भने सरकारले कानुनी दायरामा ल्याउँछ ।’ हिजो पक्राउ परेकाहरूलाई सरकारले सोधपुछ गरेर छाडेको पनि उहाँले बताउनुभयो ।
     
    प्रसाईंको अभियानमा धेरैथरी मान्छे जोडिएको र हिंसात्मक कार्य गर्नेलाई निगरानीमा राखिएको पनि उहाँले स्पष्ट पार्नुभयो । 
     


    शनिवार, मंसिर ९ २०८००९:२५:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij