काठमाडौं। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस।
संयुक्त राष्ट्रसङ्घको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निणर्य गरे बमोजिम आजदेखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरु भएको छ ।
यसैअनुसार नेपालमा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नारासहित आजदेखि आउँदो २४ गतेसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ ।
एक वर्षमा देशभर लैङ्गिक हिंसाका २० हजारभन्दा बढी घटना भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार समग्र लैङ्गिक हिंसामा घरेलु हिंसाका घटना ८० प्रतिशत रहेका छन् ।
यसैबिच,,राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली समाजमा रहेको महिला र पुरुषबिचको असमान शक्ति संरचना रहेसम्म महिला हिंसा कम गर्न कठिन हुने बताउनु भएको छ।
आज महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैंगिक हिंसाविरूद्धको १६ दिने अभियान, २०८०को प्रारम्भ भएको सन्दर्भमा राष्ट्रपति पौडेलले महिला हिंसा घटाउन उपचारात्मक सेवासँगै प्रवर्द्धनात्मक र प्रतिबन्धात्मक उपायको अनुसरण गर्न सुझाउनु भएको छ।