Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

शरणार्थी प्रकरणमा अदालतले गरेको निर्णयलाई सम्मान गर्छौ: जीवन परियार

शरणार्थी प्रकरणमा अदालतले गरेको निर्णयलाई सम्मान गर्छौ: जीवन परियार

  • शनिवार, मंसिर १६ २०८०

  • 593
    SHARES

  • शरणार्थी प्रकरणमा अदालतले गरेको निर्णयलाई सम्मान गर्छौ: जीवन परियार

    काठमाडौं । नेपाली कांग्रेसका सह-महामन्त्री जीवन परियारले नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले गरेको निर्णयलाई सम्मान गर्ने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै परियारले अदालतले निष्पक्ष ढंगबाट यसको न्याय निरुपण गर्छ भन्नेमा कांग्रेस आसावादी रहेको विश्वास व्यक्त गर्नुभयो ।

    पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेबारे उच्च अदालत पाटनका न्यायाधीशबीच राय बाझिएपछि अब खाणको विषयमा के गर्ने भन्ने टुङ्गो तेस्रो न्यायाधीशको रायमा निर्भर हुने भएको छ ।

    पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई सदर गर्ने पक्षमा न्यायाधीश प्रकाश खरेलले राय दिनुभएको थियो । तर अर्का न्यायाधीश जनकराज पाण्डेले भने ३० लाख रुपैयाँ धरौटीमा छाड्नु पर्ने राय दिनुभएको थियो ।

    संयुक्त इजलासमा राय बाझिएपछि अब अर्को इजलासमा छिनोफानो हुने भएको हो । अर्को शुुक्रवारसम्म यो मुद्दा अर्को इजलासमा पेस गर्ने तयारी छ । अर्को इजलासले टुङ्गो नलगाउँदासम्म खाण थुनामै रहनुहुने छ ।

    पार्टी सभापति शेरबहादुर देउवाले केहि दिन अगाडि एक सार्वजनिक कार्यक्रममा खाण निर्दोष सावित हुने विश्वास व्यक्त गर्नुभएको थियो । सोहि विषयमा नेता परियारले खाणमात्र नभएर यो प्रक्ररणमा परेका सबैलाई बराबरी र निष्पक्ष ढंगबाट न्यायलय निर्णयमा पुग्नुपर्ने आफूहरु भनाइ रहेको र सभापति को पनि यहि आशय भएको स्पष्ट पार्नुभएको छ ।

    अदालतले हिजो छाड्न आदेश दिएका १० जना भने भोलि मात्रै छुट्ने भएका छन् । उच्च अदालतले जिल्ला अदालतको आदेश बदर गरेकाले त्यहाँ पत्र पुगेपछि मात्र आदेश कार्यान्वयन हुने र आज शनिवार बिदा भएकाले उनीहरु भोलि मात्र छुट्ने भएका हुन् ।

    अदालतले सन्दीप रायमाझीलाई ३० लाख, टेकनाथ रिजाल, रामशरण केसी र हरिभक्त महर्जनलाई १५ लाख तथा नरेन्द्र केसी र शमशेर मियाँलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

    अदालतले टंककुमार गुरुङ, केशव तुलाधर, आशिष बुढाथोकी र लक्ष्मी महर्जनलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । साधारण तारेखमा छाड्न आदेश भएकाहरु जिल्ला अदालतको पत्रपछि रिहा हुने र धरौटी तोकिएकाहरु जिल्ला अदालतको पत्रपछि धरौटी बुझाएर रिहा हुने व्यवस्था छ ।


    शनिवार, मंसिर १६ २०८००८:३२:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij