Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नक्कली भुटानी शरणार्थी प्रकरण : शमशेर मियाँसहित ३ जनाले बुझाए धरौटी

नक्कली भुटानी शरणार्थी प्रकरण : शमशेर मियाँसहित ३ जनाले बुझाए धरौटी

  • आइतवार, मंसिर १७ २०८०

  • 861
    SHARES

  • नक्कली भुटानी शरणार्थी प्रकरण : शमशेर मियाँसहित ३ जनाले बुझाए धरौटी

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ३ जनाले उच्च अदालत पाटनले तोकेको धरौटी बुझाएका छन् ।

    उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले मङ्सिर १५ मा तोकेको धरौटी ३ जनाले बुझाएका हुन् ।

    धरौटी बुझाउनेमा शमशेर मियाँ, नरेन्द्र केसी र हरिभक्त महर्जन छन् । उच्चको आदेश अनुसार आइतबार उनीहरूले जिल्ला अदालत काठमाडौंमा गएर धरौटी रकम बुझाएका हुन् । धरौटी रकम बुझाएसँगै उनीहरूलाई थुनामुक्त गर्ने प्रक्रिया सुरु गरिएको छ ।

    नरेन्द्र केसी तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव हुन् । शमशेर मिया हज कमिटीका संयोजक हुन् । नरेन्द्र केसीलाई उच्च अदालतले १० लाख, हरिभक्त महर्जनलाई १५ लाख र शमशेर मियाँ सँग १० लाख धरौटी लिन आदेश गरेको थियो ।

    उच्च अदालतले ८ जनालाई थुनामै राख्ने उच्च अदालतको आदेश सदर गर्दै अन्यलाई धरौटीमा छाड्न आदेश गरेको थियो ।


    आइतवार, मंसिर १७ २०८००५:५७:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij