Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एक वर्षमा सरकारले जनता सन्तुष्ट हुने परिणाम दिन सकेन : प्रचण्ड

एक वर्षमा सरकारले जनता सन्तुष्ट हुने परिणाम दिन सकेन : प्रचण्ड

  • बुधवार, मंसिर २० २०८०

  • 625
    SHARES

  • एक वर्षमा सरकारले जनता सन्तुष्ट हुने परिणाम दिन सकेन : प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार गठन भएको एक वर्ष पुग्न लाग्दा सरकारले सुशासन, प्रशासन र अर्थतन्त्र सुधारमा ध्यान केन्द्रित रहेको तर परिणाम जनता सन्तुष्ट हुने ठाउँमा नपुगेको स्वीकार गर्नुभएको छ।

    बुधवार राजधानीमा भएको नेपालको अर्थतन्त्र र शासकीय सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कमजोरी स्वीकार गर्नुभएको हो ।

    प्रचण्डले सरकारले सेवा प्रवाह जनताको तहसम्म पुर्याउन नसकेको स्वीकार गनुृभएको छ। साथै उहाँले आफूले जनतामा नयाँ भरोसा, राष्ट्रको इज्जत जोगाउने जमर्को गरेको बताउनुभयो । अब यसको सुधारका लागि पोलिसि र ऐन बनाएर नयाँ सुधार गरी जनतालाई भरोसा दिलाउने प्रतिबद्धता जनाउनुभयो ।

    यस्तै उहाँले वर्तमान र पूर्व पदाधिकारी लिएर कङ्क्रिट योजना दिन आग्रह गर्नुभएको छ ।


    बुधवार, मंसिर २० २०८००१:४५:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij