काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एनसेलले यो भन्दा अगाडि नै अनेक काण्ड मच्चाएको आरोप लगाउनुभएको छ ।
नेपाली रेडियो नेटवर्ककको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुएका रावलले नेपालका नेताहरुले एनसेलबाट ठुलठुलो रकम खाएको कुरा पनि आफूले सुनेको स्पष्ट पार्नुभयो ।
अहिले यतिका नियामक निकायहरु हुँदाहुँदै पनि एनसेल प्रकरणमा ठुलो घोटाला भएको कुरा छर्लङग भएको बताउँदै नियामक निकायले अनविज्ञता देखाउनु आश्चर्यजनक भएको स्पष्ट पार्नुभयो ।
नियमन निकाले छानविन, अनुसन्धान र कारवाही गर्दैन भने सरकारले नियमन निकायमा बस्ने सबैलाई कारवाही गरेर हटाउनुपर्नेमा जोड दिनुभयो । यो प्रकरण सरासर तस्करी र नेपाललाई लुट्ने काम भएको नेता रावलको आरोप रहेको छ ।
यस्तै अर्को प्रसंगमा नेता रावलले पार्टीले चलाएको संकल्प यात्रामा आफूलाई सहभागी हुने वातावरण नभएकाले सहभागी नभएको बताउनुभएको छ ।