Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एनसेल प्रकरणमा तल्लोस्तरबाट गलत प्रचार भयो : प्रचण्ड

एनसेल प्रकरणमा तल्लोस्तरबाट गलत प्रचार भयो : प्रचण्ड

  • सोमवार, मंसिर २५ २०८०

  • 633
    SHARES

  • एनसेल प्रकरणमा तल्लोस्तरबाट गलत प्रचार भयो : प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले एनसेल प्रकरणमा तल्लोस्तरबाट गलत प्रचार गरिएकोमा असन्तुष्टि जनाउनुभएको छ।

    सोमबार प्रेस सेन्टर नेपालले पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले त्यसको प्रतिवाद गर्न आग्रह गर्नुभएको हो ।

    अतिवादी, अराजकतावादी निकै आतंकित भएका भन्दै उनीहरूले व्यवस्था, परिवर्तनमाथि निकै प्रहार गरेकोमा चिन्ता व्यक्त गर्नुभयो । ‘म युएइमा भएको बेला एनसेल खरिद बिक्री भयो भन्ने सुनेँ । यसमा सतर्कतापूर्वक अनुसन्धान गर्न मैले उतैबाट निर्देशन दिएँ । नेपाल आएको भोलिपल्टै यसमा के कस्तो प्रभाव पर्छ भनेर मुख्य सचिवसहित सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएँ । त्यतिमात्र नभइ गठबन्धनलाई पनि विश्वासमा लिनुपर्छ भनेर यो स्वभाविक छैन । यहाँ गडबढ छ भन्ने लागेर बैठक बोलाएँ । लगत्तै क्याबिनेट बैठकबाट छानबिनका लागि समिति गठन भयो’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘तर अतिवादीहरूबाट घटिया रुपमा प्रचार र दुस्प्रचार गरियो ।

    युद्धबाट शन्तिमा आउँदा प्रेसको भूमिका अझै बढेको भन्दै प्रधानमन्त्री प्रचण्डले प्राप्त उपलब्धिको रक्षाका लागि सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो ।


    सोमवार, मंसिर २५ २०८००१:५६:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij