काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले ७२ घण्टापछि अनसन तोड्नुभएको छ ।
गत शुक्रबार धनगढीमा अनसन सुरु गर्नुभएका उहाँले सोमबार धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोड्नुभएको हो ।
धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनसन बस्नुभएका केसी अनसन तोडेपछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना हुनुहुनेछ । डा. केसीले विभिन्न माग राखेर ७२ घण्टा अनसन बस्ने घोषणा गर्नुभएको थियो । ७२ घण्टा पूरा भएपछि उहाँले अनसन तोड्नुभएको हो ।