काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव लिलामणी पोखरेलले प्रचण्ड नेतृत्वको सरकारले एक वर्षको अवधिमा जनताका लागि धेरै राम्रा काम गरेको दाबी गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पोखरेलले भ्रष्टाचारविरोधी अभियान, शुसासन, जनतालाई डेलिभरी दिने कुरामा, किसानलाई मल उपलब्ध गराउने कुरामा सरकारले राम्रो काम गरिरहेको र सफल पनि भएको दाबी गर्नुभयो ।
सरकारले गरेका कामहरु नदेख्ने केहि पनि भएनन् भनेर घेराबन्दी गर्न खोज्ने र अवरोध सिर्जना गर्न खोज्नेहरु बढेको भन्दै आपत्ती समेत जनाउनुभयो । सरकारले गरेका विकासका कामहरु नदेख्नु र खाली विरोध मात्रै गर्नु उपयुक्त नहुने बताउँदै उहाँले काममा जस दिने भन्दा विरोध गर्नेहरु बढेको तआरोप लगाउनुभयो ।
यस्तै एनसेल खरिद–विक्री प्रकरणमा नियम छलेर गर्न खोजेको गलत क्रियाकलाप विरुद्ध सरकारले बाहिर ल्याएर कारवाही गर्ने, भण्डाफोर गर्ने प्रक्रियामा गएको बताउँदै नेता पोखरेलले भ्रष्टाचार र बेथिती गर्ने कसैलाई पनि नछाड्ने दाबी गर्नुभयो ।