Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

स्याङ्जाका शालिकराम भण्डारीलाई भारतमा सर्वोत्कृष्ट शब्द रचना विधाको अवार्ड

स्याङ्जाका शालिकराम भण्डारीलाई भारतमा सर्वोत्कृष्ट शब्द रचना विधाको अवार्ड

  • आइतवार, पौष ८ २०८०

  • 750
    SHARES

  • स्याङ्जाका शालिकराम भण्डारीलाई भारतमा सर्वोत्कृष्ट शब्द रचना विधाको अवार्ड

    भारतको नयाँ दिल्लीमा भएको ईन्डो नेपाल सुजन म्युजिक अवार्ड– २०२३ु मा स्याङ्जाका कलाकार शालिकराम भण्डारीले सर्वोत्कृष्ट शब्द रचनाको अवार्ड पाउनु भएको छ ।

    सुजन म्युजिक प्रालिले आयोजना गरेको अवार्डमा दर्शक तथा श्रोता मार्फत उहाँको शब्द रचना रहेको नौसय ८० को बोलको गीत सबैभन्दा उत्कृष्ट ठहरिएको हो ।

    उहाँको सो गीतमा रचनाकार भण्डारीसँगै चर्चित गायकहरु खुमन अधिकारी, यज्ञ सापकोटा, अर्जुन सापकोटा, जय देवकोटा, सुनिता बुढा मगर, दर्शना तिरुवा, सिता परियार लगायतको स्वर रहेको छ । अवार्डका लागि प्रतिश्पर्धामा रहेका गित मध्ये उहाँको गीतलाई सबैभन्दा धेरै दर्शक तथा श्रोताले मन पराएर अवार्ड प्रदान गरिएको आयोजकहरुले जनाएका छन् ।

    स्याङ्जाको गल्याङ नगरपालिका अन्तर्गत पर्ने आपचौर स्थायी घर भइ हाल भारतमा रोजगारी गर्दै आउनु भएका सामाजिक, धार्मिक व्यक्तित्व भण्डारीले सो गीतमा सामाजिक विक्रिति विसंगीका विरुद्धमा रमाईलो शैलीमा सचेतना जगाउने शब्दहरु लेख्नु भएको छ ।

    कार्यक्रममा लाइफटाइम एचिप्मेन्ट अवार्ड वरिष्ठ गायक ईन्द्र जीसी, लोक संस्कृति जर्गेना अवार्ड ईन्द्रेणीका कृष्ण कंडेल, मौलिक गायक अवार्ड कुमार पुन र अन्तर्राष्ट्रिय कला सम्मान धुब्र राना मगरलाई प्रदान गरिएको थियो ।

    त्यसैगरी नेपाली रेडियो नेटवर्कका कार्यक्रम प्रस्तोता राजकुमार रायमाझीलाई लोक पत्रकारिता सम्मान र पत्रकार प्रकाश बराईलीलाई कला पत्रकारिता सम्मान प्रदान गरिएको सुजन म्युजिककी अध्यक्ष जमुना रानाले जानकारी दिनु भयो।


    आइतवार, पौष ८ २०८००९:३४:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij