Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जम्मू–कश्मीर घटना : सेनाले सोधपुछका लागि पक्रेका तीन जनाको मृत्युपछि मुद्दा दर्ता

जम्मू–कश्मीर घटना : सेनाले सोधपुछका लागि पक्रेका तीन जनाको मृत्युपछि मुद्दा दर्ता

  • सोमवार, पौष ९ २०८०

  • 1.2K
    SHARES

  • जम्मू–कश्मीर घटना : सेनाले सोधपुछका लागि पक्रेका तीन जनाको मृत्युपछि मुद्दा दर्ता

    कठमाडौं । शुक्रबार भारतीय सेनाले सोधपुछका लागि बोलाइएका आठ जनामध्ये तीन जना मृत फेला परेपछि जम्मू–कश्मीर प्रहरीले आइतबार अज्ञात व्यक्तिहरू विरुद्ध हत्याको मामिलामा एफआईआर दर्ता गरेको छ।

    तीन जनाको शव शनिबार भेटिएको थियो र उनीहरुको शरीरमा चोटका निशानहरू थिए। सामाजिक सञ्जालमा २९ सेकेण्डको भिडियो भाइरल भएपछि मामिला चर्कियो । त्यसपछि उक्त क्षेत्रमा तनाव बढेको थियो ।

    मृत भेटिएका तीन जनामा ​​४८ वर्षीय सफिर अहमद, सोही गाउँमा बस्ने उनका दुई नातेदार २८ वर्षीय मोहम्मद शौकत र २५ वर्षीय शबिर अहमद रहेका छन् ।

    भाइरल भिडियोमा केही व्यक्तिले तीन जनालाई निर्वस्त्र बनाएर खुर्सानीको धुलो छर्किरहेका छन् । उनीहरू सबै सेनाका जवान भएको दाबी गरिएको छ र यो भिडियो आर्मी क्याम्पमा खिचिएको बताइएको छ ।

    अङ्ग्रेजी दैनिक द हिन्दूका अनुसार भारतीय दण्ड संहिता (आईपीसी) को धारा ३०२ अन्तर्गत पुन्चको सुरनकोट पुलिस स्टेशनमा एफआईआर दर्ता गरिएको छ।

    जम्मु कश्मीर सरकारले पुन्छमा मारिएका यी तीन जनाको परिवारलाई क्षतिपूर्ति र जागिर दिने घोषणा गरेको छ। गम्भीर घाइते पाँच जनालाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । उनीहरू सबै गुजर–बकरवाल जनजाति समुदायका हुन् ।

    यसअघि २१ डिसेम्बरमा पुन्च–राजौरीमा सेनाको सवारीमा हमला भएको थियो। उक्त आक्रमणमा चार सैनिकको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए ।

    त्यसपछि सुरक्षाकर्मीले आठ जनालाई नियन्त्रणमा लिएको थियो । आक्रमणमा संलग्न चरमपन्थीहरुको अहिलेसम्म पहिचान हुन सकेको छैन ।

     


    सोमवार, पौष ९ २०८००१:४९:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij