Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बुढीगङ्गा नदीमा डुबेर एक किशोर बेपत्ता

बुढीगङ्गा नदीमा डुबेर एक किशोर बेपत्ता

  • सोमवार, आषाढ २२ २०७७

  • 708
    SHARES

  • बुढीगङ्गा नदीमा डुबेर एक किशोर बेपत्ता

    बाजुराको बुढीगङ्गा नगरपालिका वडा नं –२ स्थित बुढीगङ्गा नदीमा डुबेर एक किशोर बेपत्ता भएका छन् ।  बेपत्ता हुनेमा बुढीगङ्गा नगरपालिका वडा नं –२ का ताँप्रा निवासी रामबहादुर थापाका १५ वर्ष छोरा प्रताप थापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

    बेपत्ता बालक बुढीगङ्गा नगरपालिका वडा नं –२ बाट विद्युतको नहर सफा गर्दै बडिमालिका नगरपालिका-६, मनागाडस्थित पावर हाउसमा जाने क्रममा बुढीगङ्गा नदिमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी लोकेन्द्रसिंह ठगुन्नाले बताउनुभयो ।  उहाँले भन्नुभयो, 'किशोर आज बिहान १० बजेर ३० मिनेटमा नदिमा डुबेर बेपत्ता भएका छन् ।'

    बालक बेपत्ता भएको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख टङ्कप्रसाद भट्टराईको नेतृत्वमा गएको १२ जनाको टोली घटनास्थल पुगेर खोजीकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी ठगुन्नाले बताउनुभयो ।


    सोमवार, आषाढ २२ २०७७०१:४१:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij