Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अहिलेको गठबन्धन सरकारलाई निरन्तरता दिनुपर्छ: बद्री पाण्डे

अहिलेको गठबन्धन सरकारलाई निरन्तरता दिनुपर्छ: बद्री पाण्डे

  • आइतवार, पौष १५ २०८०

  • 1.2K
    SHARES

  • अहिलेको गठबन्धन सरकारलाई निरन्तरता दिनुपर्छ: बद्री पाण्डे

    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले गठबन्धनको सरकारलाई निरन्तरता दिने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पाण्डेले सरकारले प्रभावकारीता बढाउनुपर्ने र असन्तुष्टि र निराशालाई चिर्नेगरि सरकारले यसको उपाय खोज्नुपर्नेमा जोड दिनुभयो । तर अहिलेको सत्ता गठबन्धनलाई नै निरन्तर अगाडि बढाउने पार्टीको पनि निश्कर्ष रहेको नेता पाण्डेको भनाइ छ । यस्तै पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने विषयमा कुनै पनि छलफल र कुरा नभएको पनि नेता पाण्डेले बताउनुभयो ।

    कांग्रेसले हिजो सम्पन्न केन्द्रीय कार्य समिति बैठकका निर्णय आज सार्वजनिक गर्दै छ । पुस १२ गतेदेखि सुरु भई तीन दिन चलेको बैठकका निर्णय आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने पाण्डेले बताउनुभयो ।

    पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा हुनेछ । पाण्डेका अनुसार बैठकमा सरकारका काम कारबाही, मन्त्रीहरुको कार्यसम्पादन, राष्ट्रियसभा सदस्य निर्वाचनलगायतका विषयमा छलफल भएको थियो ।

    बैठकले पार्टीको तर्फबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने उम्मेदवारको मापदण्ड निर्धारण गर्ने, महासमितिको बैठक परिमार्जित मिति अनुमोदन गर्ने र समुदायमा कांग्रेस अभियानलाई आगामी माघ ७ गतेदेखि २२ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको गरेको छ ।

    केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रियसभामा अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटक पटक छुटेका व्यक्ति, समुदाय तथा भूगोललाई प्राथमिकता दिने गरी उम्मेदवारको मापदण्ड बनाउने निर्णय गरेको छ ।

    बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रभावकारी काम गर्न नसकेको, सरकारले जनतालाई सुशासनको प्रत्याभूति हुने खालका सेवा प्रदान गर्न नसकेको टिप्पणी भएको नेताहरुले बताएका छन् ।


    आइतवार, पौष १५ २०८०१०:०७:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij