Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेले विश्वसनीय आधार नदिएसम्म राष्ट्रिय सभामा भाग दिन सकिन्न: राजन दाहाल

एमालेले विश्वसनीय आधार नदिएसम्म राष्ट्रिय सभामा भाग दिन सकिन्न: राजन दाहाल

‘गठबन्धनमा कुनै पनि शंका र खटपट छैन, आगामी पाँच वर्षसम्म निरन्तर रहन्छ’
  • शुक्रवार, पौष २० २०८०

  • 1.1K
    SHARES

  • एमालेले विश्वसनीय आधार नदिएसम्म राष्ट्रिय सभामा भाग दिन सकिन्न: राजन दाहाल

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता राजन दाहालले कांग्रेस र माओवादीको कोटाबाट एमालेलाई राष्ट्रिय सभामा सहभागी बनाउने विषयमा सहमति भएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता दाहालले शान्ती प्रक्रिया तार्किक निश्कर्षमा पु¥याउने सन्दर्भमा सुशासन सम्वृद्धि र सामाजिक न्यायको केन्दिय कारक पुरा गर्न एमाले पनि सहमत हुन पर्ने, संसद निरन्तर अवरोध गर्नु नहुने र प्रतिनिधिसभालाई अवरोधको नभई विद्यायकी थलो बनाउन एमालेले विश्वसनीय आधार नदिएसम्म राष्ट्रिय सभामा एमालेलाई भाग दिन सकिने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

    मिलेर जाने वातावरण बने संसद्बाट संक्रमणकालीन न्याय टिआरसीसम्बन्धी विधेयक पारित गर्न सघाउने प्रस्तावसहित एमालेले राष्ट्रिय सभामा ६ सिट माग गरेकोे छ । तर, एमालेको भूमिकामाथि आशंका गर्दै सत्तागठबन्धनले सहयोगको सुनिश्चितता खोजेको छ ।

    हिजो बसेको गठबन्धनका प्रमुख चार दलको बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले चुनावी सहकार्यबारे गरेको प्रस्ताव ‘ब्रिफिङ’ गर्नुभएको थियो । टिआरसीमा सहयोग सुनिश्चित हुने आधार भए मात्रै सहकार्य गर्न सकिने नेताहरुले बताएका छन् ।

    यस्तै एमालेले सहयोगको सुनिश्चितता गरे निर्वाचनमा मिलेर जाने विषयमा गठबन्धनका सबै शीर्ष नेता सहमत हुने सम्भावना देखिएको छ । तर, यसअघि पनि टिआरसीमा सघाउने प्रतिबद्धता गरेरै तीनवटा संसदीय समितिको सभापति लिएर एमालेले कार्यान्वयन नगरेको भन्दै नेताहरूले आशंका व्यक्त गरेका छन् ।

    विशेषगरेर नेकपा एस फेरि पनि एमालेले धोखा दिन सक्ने भन्दै प्रश्न उठाएको छ । यस्तै एमालेलाई सिट दिने प्रधानमन्त्री प्रचण्डको प्रस्तावले सत्ता गठबन्धनमा खटपट शुरु भएको भन्ने समाचारहरुको खण्डन गर्दै नेता दाहालले गठबन्धनमा कुनै पनि शंका र खटपट नदेखिएको दाबी गर्नुभएको छ । अहिले कै सत्ता गठबन्धन आगामी पाँच वर्षसम्म निरन्तर रहने समेत नेता दाहालको भनाइ छ ।


    शुक्रवार, पौष २० २०८००८:०७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij