Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बल्ल खुल्यो वीर अस्पताल प्रशासनको ताला

बल्ल खुल्यो वीर अस्पताल प्रशासनको ताला

  • शुक्रवार, पौष २० २०८०

  • 730
    SHARES

  • बल्ल खुल्यो वीर अस्पताल प्रशासनको ताला

    काठमाडौं। वीर अस्पताल प्रशासनमा लागेको एक सातापछी बल्ल आज खुलेको छ। अस्पताल प्रशासन र र आन्दोलनरत कर्मचारीबीच पाँचबुँदे सहमति भएसँगै प्रशासन प्रमुख र लेखा प्रमुखको कार्यकक्षमा एक सातादेखि लागेको ताला खोलिएको हो।

    आठ महिनादेखि अतिरिक्त सेवाबापतको पारिश्रमिक नपाएको भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का कर्मचारीले पुस १३ गतेदेखि सो कक्षमा ताला लगाएका थिए।

    आठ कर्मचारी संगठनका प्रतिनिधि र न्याम्सका रजिष्ट्रार तथा वीरका निर्देशकसँगको सहमतिपछि कर्मचारीले आन्दोलन स्थगित गरेका हुन्।सहमतिमा हालसम्म बाँकी रहेको कर्मचारीको सेवा विस्तार भत्ता किस्ता किस्ता गरी चैत मसान्तसम्म अस्पतालले भुक्तानी गरिसक्ने उल्लेख छ।

    त्यस्तै,आगामी वैशाखबाट सो भत्ता तलबसँगै नियमित भुक्तानी गरिने र कोभिडकालका आठ महिनाको भत्तासमेत यसअघिको सहमतिअुनसार हुने भनिएको छ।अस्पताल ट्रेड युनियनले राखेका विभिन्न मागका सम्बन्धमा पनि आवश्यक छलफल गरी सम्बोधन गरिने सहमतिमा उल्लेख छ।


    शुक्रवार, पौष २० २०८००३:५२:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij