Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपाल र भातबीचको सम्झौता कोशेढुंगा सावित भयो: महिन्द्र राय यादव

नेपाल र भातबीचको सम्झौता कोशेढुंगा सावित भयो: महिन्द्र राय यादव

  • शनिवार, पौष २१ २०८०

  • 552
    SHARES

  • नेपाल र भातबीचको सम्झौता कोशेढुंगा सावित भयो: महिन्द्र राय यादव

    काठमाडौं । खानेपानी मन्त्री महिन्द्र राय यादवले नेपाल र भातबीच भएको सम्झौता कोशेढुंगा सावित भएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री यादवले यो सम्झौताले दुई देशको आर्थिक सम्वृद्धिको ढोका खोलेको बताउँदै भारतीय विदेश मन्त्री यस जयसंकरको दुई दिने नेपाल भ्रमण सफल भएको दाबी गर्नुभयो । यो सम्झौता नेपाल र जनताको हितमा भएको पनि मन्त्री यादवको भनाइ छ ।

    गत बिहिार नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक विभिन्न चार वटा सम्झौतामा हस्ताक्षर भएको छ बैठकमा द्विपक्षीय सम्बन्धका समग्र विषयका साथै आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा भएको थियो । दुवै देशबीच सम्पर्क सञ्जाल विस्तार, व्यापार, जलस्रोत, ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

    परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशङ्करको उपस्थितिमा ती सम्झौतामा हस्ताक्षर भएको हो । यस्तै, भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणको क्रममा काठमाडौंस्थित भारतीय दूतावासले सिधै २० करोडका योजनामा खर्च गर्न पाउने सम्झौता भएको थियो । उक्त सम्झौताको गठबन्धनभित्रैका नेता र प्रमूख प्रतिपक्षले विरोध गरिरहेका छन् ।

    नेकपा एसका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री खनालले यो सम्झौता नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकार माथिको खेलवाड भएको भन्दै विरोध गर्नुभएको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यो सम्झौताले अनावश्यक राजनीतिक हस्तक्षेप बढ्ने आशंका व्यक्त गरेको छ । मन्त्री यादवले भने यो कुरामा विरोध गर्नुपर्ने कुनै पनि कारण नभएको स्पष्ट पार्नुभएको छ ।

    यस्तै अर्को प्रसंगमा मन्त्री यादवले एमालेले विशवासको वातावरण देखाए राष्ट्रिय सभाको निर्वाचनमा सिट दिने बताउनुभएको छ ।
    टिआरसी विद्येयक पारित गर्न एमाले तयार भएमा गठबन्धनमा मिलेर राष्ट्रिय सभामा सघाउने मन्त्री यादवको भनाइ छ ।


    शनिवार, पौष २१ २०८००७:५८:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij