Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड युगान्डा जाने

प्रधानमन्त्री प्रचण्ड युगान्डा जाने

  • आइतवार, पौष २२ २०८०

  • 1.1K
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड युगान्डा जाने

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा भ्रमणमा जानुहुने भएको छ।असंलग्न राष्ट्रहरुको १९ औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड युगाण्डा जानुहुने भएको हो।

    सम्मेलन आगामी जनवरी १७ देखि २०सम्म युगान्डाको काम्पालामा हुँदैछ। प्रधानमन्त्री प्रचण्ड माघ १ गते युगान्डा प्रस्थान गर्नेगरी छलफल भइरहेपनि मिति भने तय भइनसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो।

    भ्रमणको विषयमा सबै कुरा टुंगो लागेपछि परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी दिने आचार्यले बताउनु भयो। अहिले पनि ठोस कार्यक्रम तय भइनसकेको उहाँको भनाइ छ।

    शिखर सम्मेलनअघि युगान्डामै पराष्ट्रमन्त्रीस्तरीय बैठक हुनेछ। यसअघि १८ औँ सम्मेलन अजरवैजानमा तथा त्यसअघि २०१६ मा भेनेजुएलामा सम्मेलन गरिएको थियो।


    आइतवार, पौष २२ २०८००५:२०:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij