Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पाकिस्तानमा विस्फोट हुँदा ६ जनाको मृत्यु, १४ घाइते

पाकिस्तानमा विस्फोट हुँदा ६ जनाको मृत्यु, १४ घाइते

  • सोमवार, पौष २३ २०८०

  • 1.2K
    SHARES

  • पाकिस्तानमा विस्फोट हुँदा ६ जनाको मृत्यु, १४ घाइते
    काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमबार बम विस्फोट भएको छ। प्रहरीको गाडी नजिकै भएको विस्फोटमा पाँच प्रहरीसहित छ जनाको मृत्यु हुनुका साथै कम्तीमा १४ जना घाइते भएको प्रहरीले जनाएको छ।
     
    बाजौर जिल्लामा सोमबार बिहान प्रहरीको ट्रकलाई लक्षित गरी विस्फोटक पदार्थ बिछ्याइएको इलाका प्रहरी कार्यालयले जनाएको छ। जिल्लामा पोलियो खोप दिने टोलीलाई सुरक्षा दिन गएका प्रहरीलाई लक्षित गरी विस्फोट गरिएको प्रहरीले जनाएको छ।
     
    घटनालगत्तै, उद्धार टोली तथा प्रहरी यस क्षेत्रमा पुगी घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ। घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।


    सोमवार, पौष २३ २०८००२:५५:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij