Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड माघ पहिलो हप्ता युगाण्डा जाने

प्रधानमन्त्री प्रचण्ड माघ पहिलो हप्ता युगाण्डा जाने

  • बुधवार, पौष २५ २०८०

  • 614
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड माघ पहिलो हप्ता युगाण्डा जाने
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असंलग्न आन्दोलन राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन युगान्डा भ्रमणमा जानुहुने भएको छ ।
     
    आगामी ५ देखि ६ माघसम्म युगाण्डाको राजधानी काम्पालामा हुन लागेको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री जानुहुने भएको हो ।
     
    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमणको निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
     
    त्यसअघि ३ देखि ४ माघमा हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुनेछ ।
     
    यस्तै त्यसअघि १ र २ माघमा हुने पदाधिकारी बैठकमा परराष्ट्र सचिवको नेतृत्वमा नेपाली प्रतिनिधि जाने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।


    बुधवार, पौष २५ २०८००५:५०:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij