Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको सह–कोषाध्यक्षमा एनआरएनकर्मी कल्पना रेग्मी

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको सह–कोषाध्यक्षमा एनआरएनकर्मी कल्पना रेग्मी

  • आइतवार, माघ ७ २०८०

  • 1.8K
    SHARES

  • राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको सह–कोषाध्यक्षमा एनआरएनकर्मी कल्पना रेग्मी

    काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको सह–कोषाध्यक्षमा नेपाली रेडियो नेटर्वक(एनआरएन)कर्मी कल्पना रेग्मी निर्विरोध चयन हुनुभएको छ ।

    हिजो राजधानीमा आयोजित पाँचौँ अधिवेशनबाट सञ्चारकर्मी रेग्मी चयन हुनुभएको हो । रेग्मीले रेडियो, टेलिभिजनमा विगत १५/१६ वर्ष देखि लोक तथा दोहोरी कार्यक्रमहरु सञ्चालन गर्दै आइरहनुभएको छ । हाल रेग्मी नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘लोक भाका’ सञ्चालन गर्दै आउनुभएको छ ।

    lok-sancharkarmi_XnGFoZH8fC.jpg

    अधिवेशनबाट चन्द्रमणि गौतमको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । यस्तै वरिष्ठ उपाध्यक्षमा सुदर्शन प्रसाद आचार्य, उपाध्यक्षमा हरि प्रसाद दुलाल, सचिवमा कमल चौलागाई, सहसचिवमा शिवराम भण्डारी, कोषाध्यक्षमा शरणप्रसाद हुमागाई चयन भएका छन् ।

    यसैबीच सदस्यहरूमा गोपिकृष्ण चापागाई सविता पोखरेल, तुल बहादुर परियार, शिखर जंग श्रेष्ठ, करिस्मा केसी, विनीता कुँवर क्षेत्री, कविराज ढकाल, बाबुराम सिग्देल चयन भएका छन् । यसअघि अध्यक्षमा हरि बल्लभ नेपाल हुनुहुन्थ्यो ।

     

     


    आइतवार, माघ ७ २०८०१०:१५:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij