Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चर्चित गायक तथा संगीतकार बसन्त थापा युएई जाँदै, प्रतिक्षामा दर्शक 

चर्चित गायक तथा संगीतकार बसन्त थापा युएई जाँदै, प्रतिक्षामा दर्शक 

  • बुधवार, माघ १० २०८०

  • 804
    SHARES

  • चर्चित गायक तथा संगीतकार बसन्त थापा युएई जाँदै, प्रतिक्षामा दर्शक 
    काठमाडौं । चर्चित गायक तथा संगीतकार बसन्त थापा युएई जाने भएका छन् । 
     
    आफ्नो माटो र मौलिकक लयलाई सुरमा सुन्न आतुर रहेका युएईका नेपालीहरुले थापाको लाईभ प्रस्तुती हेर्न पाउने भएका छन् । 
     
    युएई स्थित वरदुवैमा बस्दै आएकी उषा पाण्डेले निजी काम छोडेरै भएपनि आइतबार दुःख भुलेर बसन्त थापासँग रमाउने प्रतिक्रिया दिनुभयो ।  ‘२८ तारिख पछिको आइतबार बसन्तसँग रमाउँछु भनेर त पाईदैन नी’ उहाँले भन्नुभयो ।’ 
     
    गायक तथा संगीतकार बसन्त थापा पनि युएई स्थित नेपालीसँग रमाइलो गर्न आतुर रहेको बताउनुभयो । ‘युएईमा झण्डै २ लाख ५० हजार नेपालीहरु बसोबास गर्दछन्, विदेश पुगेर पनि नेपालकै मेला महोत्सवमा प्रस्तुती दिए जस्तो लाग्ने गायक तथा संगीतकार थापाको भनाइ छ । थापाले कार्यक्रममा नेपाली लोक दोहोरी गीतहरु मध्यकै सर्वोत्कृष्ट सालको पातको टपरी हुने, खेतमा बोके झार, जाम सुस्तै, माँया हासेको, सयको गुन तिरौँला हजारैले, विदेशको पिआर छ, मुसुक्क हाँसन, अरे भैया सहित जुनको जुनेली लगायतका गीत गाउनु हुनेछ । 
     
    स्तरीय तर कम मात्रै कार्यक्रममा सहभागीता जनाउने गायक तथा संगीतकार बसन्त थापाको युएईका लागि १० वर्ष पछिको सांगितिक यात्रा हो । यस अघि थापा सन २०१३ मा युएई जानुभएको थियो । 
     
    नवलपरासीमा रहेका गरिब तथा असहायको सहयोगार्थ नवलपरासी सेवा समाज युएईको आयोजनामा जनवरी २८ तारिखमा हुने कार्यक्रममा गायक तथा संगीतकार थापा जान लाग्नुभएको हो । नेपालबाट प्रस्तुतीका लागि मोडल अञ्जली अधिकारी र लोक दोहारी गायिका शर्मिला अर्याल समेत दुवई जानेछन् । 
     


    बुधवार, माघ १० २०८००२:०२:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij