Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मौन अवधिमा मोरङमा प्रचारप्रसारका गतिविधि भएको भन्दै आयोगले काट्यो सीडीओलाई २४ घण्टे पत्र

मौन अवधिमा मोरङमा प्रचारप्रसारका गतिविधि भएको भन्दै आयोगले काट्यो सीडीओलाई २४ घण्टे पत्र

  • बुधवार, माघ १० २०८०

  • 609
    SHARES

  • मौन अवधिमा मोरङमा प्रचारप्रसारका गतिविधि भएको भन्दै आयोगले काट्यो सीडीओलाई २४ घण्टे पत्र

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मौन अवधिमा निर्वाचन प्रचारप्रसारका गतिविधि भएको विषयमा मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई २४ घण्टे पत्र काटेको छ ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई आचारसंहिता उलङ्घन भए–नभएको बारेमा बुझेर प्रतिवेदन पेस गर्न पत्राचार गरिएको जानकारी दिनुभयो ।

    मौन अवधिका बीच पनि केही राजनीतिक दलले निर्वाचन प्रचारप्रसारका गतिविधि गरेको सूचना प्राप्त भएपछि आयोगले सीडीओलाई प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो ।

    बिहीबार हुने निर्वाचनका लागि आयोगले माघ ८ गते राति १२ बजेपछि मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी, दलको भ्रातृ संगठन वा अन्य व्यक्ति तथा संघ संगठनले पालना गर्नुपर्ने विशेष आचरण जारी गरेको थियो । जसअनुसार उक्त अवधिमा राष्ट्रिय सभा सदस्य निर्वाचनसँग सम्बन्धित प्रचारप्रसार, छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने व्यवस्था भए पनि सो विपरीत हुने गरी मोरङको विराटनगरमा केही राजनीतिक दलले निर्वाचन प्रचारप्रसारका गतिविधि गरेको भन्ने जानकारी विभिन्न माध्यमबाट आयोगमा प्राप्त हुन आएको पौडेलले जानकारी दिनुभयो ।

     


    बुधवार, माघ १० २०८००५:४४:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij