Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौँ महानगरले दियो ’ए’ डिभिजन लिगका ६ क्लबलाई १० लाख अनुदान

काठमाडौँ महानगरले दियो ’ए’ डिभिजन लिगका ६ क्लबलाई १० लाख अनुदान

  • सोमवार, आषाढ २२ २०७७

  • 839
    SHARES

  • काठमाडौँ महानगरले दियो ’ए’ डिभिजन लिगका ६ क्लबलाई १० लाख अनुदान

    काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सहिद स्मारक ’ए’ डिभिजन लिगका ६ क्लबलाई अनुदान रकम वितरण गरेको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले एक कार्यक्रमकाबीच क्लबका पदाधिकारीलाई १० लाखको चेक प्रदान गर्नुभएको हो ।
    महानगरपालिकाले आज ६ क्लबलाई समान १०,१० लाख अनुदान रकम प्रदान गरेको छ ।

    अनुदान रकम पाउने क्लबमा लिग च्याम्पियन मछिन्द्र क्लब, संकटा, हिमालयन शेर्पा, मनाङ मर्स्याङ्दी, काठमाडौं खेल मण्डल (एनआरटी) र सरस्वती युथ क्लब रहेका छन् ।
    महानगरले आफ्नो क्षेत्रभित्रका ए डिभिजन क्लबलाई वार्षिक १० लाख उपलब्ध गराउदै आएको छ । यस वर्ष कोरोनाका कारण कार्यक्रम प्रभावित बनेपछि ’बी’ र ’सी’ क्लबले भने अर्को वर्ष रकम प्राप्त गर्ने जनाइएको छ ।


    सोमवार, आषाढ २२ २०७७०३:१३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij