Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभामा पहिलो दल बन्यो माओवादी, कोशीको अन्तरघातले कांग्रेससँग खटपट (खास खबर)

राष्ट्रियसभामा पहिलो दल बन्यो माओवादी, कोशीको अन्तरघातले कांग्रेससँग खटपट (खास खबर)

  • शुक्रवार, माघ १२ २०८०

  • 1.1K
    SHARES

  • राष्ट्रियसभामा पहिलो दल बन्यो माओवादी, कोशीको अन्तरघातले कांग्रेससँग खटपट (खास खबर)

    काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन हिजो सम्पन्न भएको छ । यो सँगै प्रतिनिधि सभाको तेस्रो दल नेकपा माओवादी केन्द्र राष्ट्रियसभातर्फ पहिलो दल बन्न सफल भएको छ ।

    यस्तै माओवादी प्राविधिक रूपमा राष्ट्रिय सभामा पहिलो पार्टी बनेको आरोप एमालेको छ । जनताबाट विश्वास पाएर भन्दा पनि कहिले एमाले, कहिले कांग्रेसलगायतका दलसंग मिलेर दोहोरो चरित्रका कारण माओवादी पहिलो पार्टी बनेको एमालेले बताएको छ ।
    सत्ता गठवन्धन मिलेर राष्ट्रिय सभा सदस्य निर्वाचनमा गएको थियो । सवै प्रदेशतर्फ गठवन्धनकै पक्षमा नतिजा आउदा कोशी प्रदेशमा मात्रै फरक नतिजा आयो ।

    हिजो बिहीबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन दलकी साझा उम्मेदवार रहेकी माओवादी केन्द्रकी नेतृ चम्पा कार्कीले हार व्यहोरेपछि कोशीमा कांग्रेस–माओवादीबीच अविश्वासको वातावरण सिर्जना पनि भएको छ ।

    नवनिर्वाचित राष्ट्रिय सभा सदस्य झक्कु सुवेदीले ‘राष्ट्रिय सभामा आफ्नो पार्टी पहिलो त बनेको तर आफुहरुले सबै ठाँउमा जित्नुपर्नेमा त्यो हुन नसकेको बताउनुभयो । सुवेदीले राष्ट्रियसभाको नतिजाले गठवन्धनलाई केहि असर नगर्ने भन्दै ओलीले गठवन्धन भत्काउन लागिपरेको तर नसकिरहेको बताउनुहुन्छ ।

    यता नेकपा एमालेका नेता राजेन्द्र राईले मुलुक र जनताको निम्ती एमाले मात्रै आवश्यक रहेको दाबी गर्नुहुन्छ । राईले मतदाताले एमालेलाई जिताउनपर्छ भन्ने आवश्यकताको महसुस गरेका कारण कोशी प्रदेशमा एमाले निर्वाचित भएको दाबी गर्नुभएको हो । उहाँले एमालेले गठवन्धन भत्काएरै छाड्ने दाबी गर्नुभएको छ ।

    १९ सिटका लागि हिजो भएको निर्वाचनमा कोशीमा एक जनाबाहेक १८ जना सत्ता गठबन्धनकै उम्मेदवार विजयी भएका हुन्। कोशीमा सत्ता गठबन्धनबाट माओवादीकी चम्पा कार्कीलाई हराउँदै एमालेकी कोइराला विजयी हुनुभएको हो तर गठबन्धनकै उम्मेदवार कांग्रेसका कृष्ण सिटौलाले भने राप्रपाका पौडेललाई हराउनुभयो । कोशीमा एमालेले राप्रपालाई र गठबन्धनले माओवादीलाई धोका दिएको विश्लेषण र टिप्पणी भइरहेका छन् ।

    यता नेपाली कांग्रेसका नेता गुरुराज घिमीरेले एमाले र कांग्रेसको शेखर समुह मिलेर जान नसक्ने र सत्ता गठवन्धन भत्किने संभावना नभएको बताउनुहुन्छ । तर समयको खेललाई कसैले रोक्न नसक्ने पनि उहाँको तर्क छ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश कमिटीले आफूहरुमाथि नेपाली कांग्रेसको एउटा गुटबाट निरन्तर धोका भएको निश्कर्ष निकालेको छ ।

    हिजो सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन दलकी साझा उम्मेदवार रहेकी माओवादी केन्द्रकी नेतृ चम्पा कार्कीले हार व्यहोरेपछि कोशीमा कांग्रेस–माओवादीबीच अविश्वासको वातावरण सिर्जना भएको हो ।

    राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा गठबन्धनकी उम्मेदवार कार्की पराजित भएको विषयमा छानविन हुने भएको छ ।
    चुनावको समीक्षा गर्न आज शुक्रबार बसेको बैठकपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै अन्तरघात भएको विषयमा छानविन गरिने प्रतिवद्धता जनाएका छन् ।


    शुक्रवार, माघ १२ २०८००७:५२:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij