Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सीता माता भासिएको ठाँउको वास्तविक डकुमेन्ट्री “सीता पातल” सार्वजनिक

सीता माता भासिएको ठाँउको वास्तविक डकुमेन्ट्री “सीता पातल” सार्वजनिक

  • सोमवार, माघ १५ २०८०

  • 703
    SHARES

  • सीता माता भासिएको ठाँउको वास्तविक डकुमेन्ट्री “सीता पातल” सार्वजनिक

    काठमाडौं । चर्चित गायिका कला रेश्मी महतोले अहिलेसम्म नदेखिएको ऐतिहासिक धार्मिक स्थल अर्थात सीता माता भासिएको ठाँउको वास्तविक डकुमेन्ट्री “सीता पातल” सार्वजनिक गरेकी छिन् ।

    सीता पातल डकुमेन्ट्रीमा सीता भासिएको स्थल र भगवान राम अनी सीताको बारेमा वास्तविक कथा प्रस्तुत गरिएको छ । यस डकुमेन्ट्रीमा विभिन्न ऐतिहासिक स्थलहरु लगायत ज्ञानबद्र्धक, धार्मिक कुराहरु कैद गरिएको छ ।

    सीता पातलमा हाल सम्म कुनै पनि नेताहरु नपुगेको अनी यस्तो नेपाल कै ऐतिहासिक स्थललाई नेपाल सरकार र सम्बन्धित निकायले संरक्षण र विकास गर्न चासो नदेखाएको स्थानियबासी अनी पुजारीको गुनासो रहेको छ । यस स्थानमा प्रत्येक वर्ष राम नवमीको दिन वार्षिकोत्सव संगै पुजा पाठ गर्ने, भजन गर्ने गरिन्छ ।

    भारतमा भएको भए कति विकास भईसक्थ्यो होला तर नेपालमा भएको भएर होला नेपालका नेताहरु, सरकार अनी सम्बन्धित निकायले चासो नगरेको होला भन्ने पनि पुजारीको गुनासो संगै छिट्टै सम्बन्धित निकाय, सरकारको ध्यानाकर्षण होस् र विकाश संगै संरक्षण होस् भन्ने पुजारीको माग छ । साथै यस डकुमेन्ट्रीमा पुजारीले सीता पातलको स्थल अवलोकन गराउदै यहाँको विशेषताको बारेमा जानकारी गराएका छन् ।

    नेपाल धार्मिक सहिष्णुताले भरिपुर्ण देश हो । नेपालमा विभिन्न ऐतिहासिक धार्मिक स्थलहरुले आन्तरिक तथा बाह्य पर्यटकहरु भ्रमण गर्न आउने गर्दछन् । सीता पातललाई पनि विकास र संरक्षण संगै प्रचार प्रसार गर्ने हो भने पर्यटकहरुको भिड लाग्ने गर्दछ ।

    यस ऐतिहासिक स्थलमा कुनै पनि मिडिया र पत्रकार नपुगेको प्रचारप्रसार नगरिदिएको भन्दै पुजारीले बताएका छन् । साथै सानो सानो काम गर्न पनि वडाको सिफारिस र अनुमति लिनुपर्ने, कहिले अनुमति नदिएर वाक्क दिक्क भएको गुनासो समेत पुजारीले गरे । लोपोन्मुख ऐतिहासिक धार्मिक स्थल सीता पातलको प्रचार प्रसार होस् भनेर “सीता पातल” नामक डकुमेन्ट्रीको निर्माण गरिएको कुरा निर्माता प्रेम महतोले बताए ।

    नवलपरासीको बर्दघाट त्रिवेणी चोकबाट दक्षीण तर्फ नारायणी पारी चितवन राष्ट्रिय निकुञ्ज भित्र माडी नगरपालिका वडा नं. १ मा सीतामणी भनेर चिनिने सीता पातल स्थलमा पर्दछ । सीता पातल नामक डकुमेन्ट्रीमा सञ्चारकर्मी राजकुमार रायमाझीको कथा तथा निर्देशन रहेको छ भने मनबहादुर पुनले छायांकन, सम्पादन गरेका हुन् । यस डकुमेन्ट्रीलाई कला रेश्मी महतो कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    थप ऐतिहासिक कुरासंगै अन्य जानकारी लिन तलको भिडियो लिंक क्लिक गर्नुहोला ।

     

     

     


    सोमवार, माघ १५ २०८००५:४३:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij