Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राज्य सन्चालकहरु आफ्नै गलत क्रियाकलापले गर्दा अफ्ठेरोमा जाने देखियो: केशव बडाल

राज्य सन्चालकहरु आफ्नै गलत क्रियाकलापले गर्दा अफ्ठेरोमा जाने देखियो: केशव बडाल

  • शुक्रवार, माघ १९ २०८०

  • 521
    SHARES

  • राज्य सन्चालकहरु आफ्नै गलत क्रियाकलापले गर्दा अफ्ठेरोमा जाने देखियो: केशव बडाल

    काठमाडौं । नेकपा एमालेका नेता केशव बडालले राज्य सन्चालकहरु आफ्नै गलत क्रियाकलापले गर्दा अफ्ठेरोमा जाने देखिएको बताउनुभएको छ ।
    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले आफूहरु यतिबेला मिसन २०८४ मै केन्द्रित रहेर विभिन्न काम योजनाहरुमा रहेको बताउँदै अहिलेको सत्ता गठबन्धन भने आफूले नै गरिरहेको गलत गतिविधीका कारण अफ्ठेरो अवस्थामा जाने देखिएको स्पष्ट पार्नुभयो ।

    प्राविधिक ढंगले सरकारमा नभए पनि नेपाली जनताले रुचाएको र लोकप्रियताको हिसावले पहिलो पार्टी आफूहरु नै रहेको नेता बडालले दाबी गर्नुभएको छ ।

    एमाले सरकारमा जान खोज्यो र भाग खोज्यो लगायतका बाहिर आइरहेका कुराहरुमा कुनै पनि सत्यता नरहेको स्पष्ट पार्दै एमालेलाई कमजोर बनाउन पर्छ भन्ने ठुलै शक्ती लागिपरेको आरोप लगाउनुभयो ।

    यस्तै, अरूण चौधरी पक्राउ प्रकरणमा नेता बडालले चौधरी परिवासंगको सवाल अहिलको सत्तारुढ दलको बागेनिङ पोइन्ट हो की भन्ने आफूलाई शंका लागेको स्पष्ट पार्नुभएको छ ।

    जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यापारी अरूण चौधरी, छालाजुुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

     


    शुक्रवार, माघ १९ २०८००९:०५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij