काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले संक्रमणकालीन न्यायसँग सम्बन्धित टिआरसी विद्येयक पास गर्ने कुरामा एमालेको कुनै पनि अवरोध नभएको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले टिआरसी विद्येयक पीडितमैत्री बनाउनु पर्छ भनेर सर्त राखेकोले पीडितहरुको मागलाई सम्बोधन गरेर टुंग्याउने कुरामा आफूहरु सधै सहमत र अवरोधमा नरहने स्पष्ट पार्नुभएको छ ।
यस्तै नेता थापाले पीडक र पीडित बीचका कुराहरुमा सौदाबाजी गरेर पीडितहरुलाई रुवाएर टिआरसी विद्येयक टुंग्याउने भन्ने कुनै पनि अवस्थामा हुन नसक्ने पनि बताउनुभएको छ ।
टिआरसीको बारेमा एमालेको अडान यथावत रहेकाले राम्रो बनाएर सहमतिले पास गनुपर्नेमा नेता थापाले जोड दिनुभएको छ । प्रधानमन्त्री बन्न, मन्त्री बन्न, बार्गेनिङ गर्न र सौदाबाजी गर्न माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सधै भ¥याङ बनाइरहेकको र १७ वर्ष यहि भजाएर खाने काम मात्रै भइरहेकोले शान्ती प्रक्रिया नटुंगिएको नेता थापाको भनाइ छ ।
यस्तै, प्रधानमन्त्री प्रचण्ड तथा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच हिजो शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने विषयमा छलफल भएको थियो । छलफलमा ओलीले यो विधेयक सबैको सहमतिबाट पास गर्नुपर्ने बताउनुभएको थियो ।