Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकारले अहिले भ्रष्टाचार विरुद्धमा रेकर्ड नै ब्रेक हुने गरेर कारबाही अगाडि बढाइरहेको छ: हित बहादुर तामाङ

सरकारले अहिले भ्रष्टाचार विरुद्धमा रेकर्ड नै ब्रेक हुने गरेर कारबाही अगाडि बढाइरहेको छ: हित बहादुर तामाङ

  • आइतवार, माघ २१ २०८०

  • 556
    SHARES

  • सरकारले अहिले भ्रष्टाचार विरुद्धमा रेकर्ड नै ब्रेक हुने गरेर कारबाही अगाडि बढाइरहेको छ: हित बहादुर तामाङ

    काठमाडौं । माओवादी केन्द्रका नेता हित बहादुर तामाङले प्रचण्ड नेतृत्वको सरकारले अहिले भ्रष्टाचार विरुद्धमा रेकर्ड नै ब्रेक हुने गरेर कारबाहीहरु अगाडि बढाइरहेको दाबी गर्नुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका तामाङले अवैधानिक तरिकाले भित्र्याइएको सुन, नक्कली भुटानी शरणार्थी प्रकरण, मिटरव्याजी पीडित, बाँसबारी जग्ग प्रकरणलगायतका बारेमा गरेका अनुसन्धान, कारबाही र कामहरु नै अहिलेको प्रचण्ड सरकारले भ्रष्टाचारविरुद्ध गरेको मुख्यमुख्य कामहरु भएको स्पष्ट पार्नुभएको छ ।

    यस्तै नेता तामाङले विगतमा जस्ले सिंगो राजयलाई नै भ्रष्टाचारी गरेका थिए उनैले अहिले भ्रष्टाचार बढ्यो भन्ने सुहाउने कुरा नभएको पनि बताउनुभएको छ ।

    भ्रष्टाचारको मुद्दा जहाँ जहाँ देखापरेको छ ती मुद्दाहरुको निराकरणको लागि भ्रष्टाचारीहरुलाई कारबाहीको प्रक्रिया तीव्र रुपमा अगाडि बढाइरहेको अहिले सरकारले जनता र मुलुकको हितको लागि धेरै काम गरेको नेता तामाङको दाबी रहेको छ ।

    यस्तै लुम्विनी विकाश कोषका उपाध्यक्ष ल्हारक्याल लामाबाट भएको अनियमितता र भ्रष्टाचारको प्रकरण प्रमाणसहित फेला परे छानविन र कारबाही हुने पनि नेता तामाङले बताउनुभयो ।


    आइतवार, माघ २१ २०८०१०:२२:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij