Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

हिउँदे अधिवेशनमा मुलतः कानुन निर्माणका कुरा, देश र जनताका समस्याहरु संसदमा उठाउछौं: सन्तोष परियार

हिउँदे अधिवेशनमा मुलतः कानुन निर्माणका कुरा, देश र जनताका समस्याहरु संसदमा उठाउछौं: सन्तोष परियार

  • मंगलवार, माघ २३ २०८०

  • 522
    SHARES

  • हिउँदे अधिवेशनमा मुलतः कानुन निर्माणका कुरा, देश र जनताका समस्याहरु संसदमा उठाउछौं: सन्तोष परियार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सङ्घीय संसद्को हिउँदे अधिवेशनमा मुलतः कानुन निर्माण गर्ने कुरा र देश जनताका समस्या, दैनिक जिवनमा आइपरेका अफ्ठेरोहरुका कुरा संसदमा उठाउने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता परियारले संसदको हिउँदे अधिवेशनमा कानुनहरुको निर्माणमा सत्तापक्षलाई झक्झक्याउने र संसदभित्र रहेका राजनीतिक पार्टीहरुसंग सहकार्य गरेर देश र जनताका पक्षमा मुलतः कानुन निर्माण गर्ने कुरामा र प्रतिपक्षको हैसियतमा देश र जनताका समस्या र दैनिक जिवनमा आइपरेका अफ्ठेरोहरुका कुरा पनि संसदमा उठाउने बताउनुभएको छ ।

    संसद्को हिउँदे अधिवेशन हिजोदेखि शुरु भएको छ । हिजोको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८०’ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश पेस गर्नुभएको छ ।

    यस्तै नेता परियारले सुशासन जनताको इच्छामात्रै नभएर आजको अपरिहार्य आवश्यकता रहेको बताउँदै अब पनि सुशासनतिर काम भएन, काम गरिराइमा, निति निर्माणमा, विकाशका कार्यक्रममा र राज्य सञ्चालनमा सुशासन नभए देश नै अफ्ठ्यारो स्थितिमा पुग्ने स्पष्ट पार्नुभएको छ । लामो समयदेखि सरकारले गर्दै आएका कामकारवाही सुशासनयुक्त नभएकोले देश र जनताको लागि विकाश नभएको पनि नेता परियारको भनाइ छ ।

    यस्तै पार्टी सभापति रवि लामिछाने र सहकारीबीचको प्रकरणमा बाहिर आएरहेका समाचारहरु तथ्य र प्रमाण भएमा कानुनीरुपमा कारवाही गर्नुपर्ने भएकाले यसमा बहस र हल्ला गर्नुपर्ने कुनै कारण नभएको स्पष्ट पार्नुभएको छ ।

    सभापति लामिछानेले नै आफू गलत भएको प्रमाण भेटिए सजाय भोग्न तयार रहेको भन्ने कुरा बारमबार भनिरहेकोले यो प्रकरणमा प्रमाणबिना बहस गनुपर्ने नदेखिएको परियारको भनाइ छ ।


    मंगलवार, माघ २३ २०८००७:४०:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij