Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गठबन्धनको छलफल र निर्णयबाट राष्ट्रिय सभाको अध्यक्ष टुंगिन्छ: मुक्ति प्रधान

गठबन्धनको छलफल र निर्णयबाट राष्ट्रिय सभाको अध्यक्ष टुंगिन्छ: मुक्ति प्रधान

  • बुधवार, माघ २४ २०८०

  • 486
    SHARES

  • गठबन्धनको छलफल र निर्णयबाट राष्ट्रिय सभाको अध्यक्ष टुंगिन्छ: मुक्ति प्रधान

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता मुक्ति प्रधानले गठबन्धनको छलफल र निर्णयबाट राष्ट्रिय सभाको अध्यक्ष टुंगिने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमहान्याधिवक्ता समेत रहनुभएका प्रधानलेले राष्ट्रिय सभाको अध्यक्षमा कस्लाई उठाउने भन्ने विषय अहिलेको सरकार नै गठबन्धनको भएकाले र यो विषय पनि गठबन्धन र राजनीतिक भएकाले यसको अन्तिम निर्णय गठबन्धनले नै गर्ने स्पष्ट पार्नुभएको छ ।

    दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रलाई आवश्यकता रहेको र योग्य, उपर्युक्त व्यक्ति नै राष्ट्रिय सभाको अध्यक्ष चयन गरिने नेता प्रधानले बताउनुभएको छ ।

    यता, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने राष्ट्रिय सभा अध्यक्षमा पार्टीको दाबी रहने बताउनुभएको थियो । माओवादी सांसदहरूको संयुक्त संसदीय दलको बैठकमा प्रचण्डले हिजो पहिलो दल भएको आधारमा पनि अध्यक्षमा दाबी रहने बताउनुभएको हो। राष्ट्रिय सभाको अध्यक्षमा नेपाली कांग्रेसको पनि दाबी रहेको छ । अध्यक्षका लागि आगामी फागुन २९ गते निर्वाचन हुँदैछ ।

    यस्तै अर्को प्रसंगमा नेता प्रधानले कांग्रेससँगको गठबन्धन अहिले नतोडिने बताउनुभएको छ । कोशी प्रदेशमा भएको घटनालाई लिएर दलका केहि नेताहरुले विकल्प सोच्नुपर्ने बताइरहँदा नेता प्रधानले भने अहिले कै सत्ता गठबन्धन आगामी पाँच वर्ष रहने दाबी गर्नुभएको छ ।

    बाहिर आइरहेका हल्लाको भरमा विभिन्न टिकाटिप्पणी र अनुमान नगरिदिन आग्रह गर्दै नेता प्रधानले कांग्रेससंग कुनै दरार नभएको र गठबन्धनमा यसले असर पनि नगर्ने स्पष्ट पार्नुभयो ।

    यस्तै नेता प्रधानले टिआरसी विद्येयक सबैको सहमतिमा पारित हुने बताउनुभएको छ । सबैको साझा विद्येयक भएकाले अनिवार्य रुपमा राष्ट्रिय सहमित जुट्नपर्ने र छिट्टै पारित गर्नैपर्ने नेता प्रधानले स्पष्ट पार्नुभयो ।


    बुधवार, माघ २४ २०८००८:१९:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij