Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सहकारीमा राजनीतिक कनेक्सन देखिएको छ : गोविन्द पोखरेल

सहकारीमा राजनीतिक कनेक्सन देखिएको छ : गोविन्द पोखरेल

  • बिहिवार, माघ २५ २०८०

  • 739
    SHARES

  • सहकारीमा राजनीतिक कनेक्सन देखिएको छ : गोविन्द पोखरेल

    काठमाडौं । नेपाली कांग्रेसका नेता गोविन्द पोखरेलले सहकारीमा राजनीतिक कनेक्सन रहेको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले विभिन्न स्रोतको आँकडाअनुसार देशमा करिव पाँच सय सहकारी संकटग्रस्त रहेको र यसमा पनि धेरै ठुला सहकारीमा राजनीतिक दलका नेतृत्वले प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएको बताउनुभयो ।

    सहकारीमा भएको अव्यवस्था र जनता ठगिएको कुरा संसदमा प्रतिपक्षले उठाउनुपर्नेमा एमालेले त्यसो नगरेको पनि नेता पोखरेलको भनाइ छ ।

    यस्तै सहकारीको रकम दुरुपयोग गर्नेहरुबाट उठाएर पिडीतको रकम फिर्ता गर्नुपर्छ भनेर संसदमा कहिबाट पनि जोडदारका साथ आउनुपर्ने आवाज र दबान नआएकाले पनि कतै न कतै डुब्ने सहकारीहरुमा दलका साना तथा ठुला नेतृत्वहरुको संलग्नता रहेको स्पष्ट हुने नेता पोखरेलको दाबी रहेको छ ।

    यस्तो बेलामा सरकारलाई र्‍याखर्‍याख्ती पार्ने प्रतिपक्ष दलको आवाज संसदमा सुन्न पनि नपाइएको बताउँदै नेता पोखरेलले नियमनको कमजोरी र यसमा संलग्न हुनेहरुको सम्पत्ति जफत गरेर जे जति हुन सक्छ पीडितहरुको रकम फिर्ता गरिने र बाँकी ठग्नेहरुबाट असुलउपर गर्नेगरि कानुनीकारवाही चलाउनुपर्ने माग गर्नुभयो ।


    बिहिवार, माघ २५ २०८००८:५३:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij