Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राज्य नेतृत्वकर्ता कै संलग्नतामा व्यापक लुट र भ्रष्टचार बढेको छ: प्रभु शाह

राज्य नेतृत्वकर्ता कै संलग्नतामा व्यापक लुट र भ्रष्टचार बढेको छ: प्रभु शाह

  • शुक्रवार, माघ २६ २०८०

  • 534
    SHARES

  • राज्य नेतृत्वकर्ता कै संलग्नतामा व्यापक लुट र भ्रष्टचार बढेको छ: प्रभु शाह

    काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले देशमा अहिले व्यापक लुट र भ्रष्टचार बढेको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका शाहले लुट र भागको चरित्र भएको देशमा भ्रष्टचारकै कारण जनता माथि उठ्ने संभावना नै नदेखिएको स्प्ष्ट पार्नुभयो । भ्रष्टाचारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जे जति कोशिस गरिरहेको छ त्यसमा अख्तियारको क्षमताले भ्याउने स्थितीसमेत नभएको नेता शाहको भनाइ छ ।

    राज्यको काम भनेको अहिले भ्रष्टाचारीलाई चोख्याउने मात्रै भइरहेको बताउँदै नेता शाहले भ्रष्टाचारलाई रोक्न नखोजेर राज्य कै माथिल्लो निकाय नै भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाउनुभयो ।

    नेतृत्व नै भ्रष्ट भएपछि यसविरुद्ध हुने र गरिने कारवाही सबै देखावटी र क्षणीक भएको पनि उहाँको दाबी रहेको छ । पछिल्लो समय जति पनि भ्रष्टाचारका प्रकरण बाहिर आइरहेका छन् ती सबैमा दुईचार जना साना मान्छेलाई पक्राउ गरेर देखाउने र मूख्य भ्रष्टचारीलाई बचाइराख्ने र प्रकरणहरु सामसुम पार्ने पुरानै खेल अब पनि दोहोरिने नेता शाहको भनाइ रहेको छ ।

    राज्यको मूख्य नेतृत्वकर्ताको संलग्नताबिना यति ठुला भ्रष्टाचार र अपराधहरु हुनै नसक्ने नेता शाहको दाबी रहेको छ । पछिल्लो समय सार्वजनिक भएका बाँसबारी छालाजुत्ता कारखानाको जग्गा र टिकापुर जग्गा हिनामिना प्रकरणमा पनि ठुलै नेतृत्वको हात रहेको नेता शाहले आरोप लगाउनुभएको छ ।


    शुक्रवार, माघ २६ २०८००८:४२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij