Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भ्रष्टाचारलाई निर्मुल गर्नतर्फ माओवादी केन्द्रित छ: हिमाल शर्मा

भ्रष्टाचारलाई निर्मुल गर्नतर्फ माओवादी केन्द्रित छ: हिमाल शर्मा

  • शनिवार, माघ २७ २०८०

  • 458
    SHARES

  • भ्रष्टाचारलाई निर्मुल गर्नतर्फ माओवादी केन्द्रित  छ: हिमाल शर्मा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता हिमाल शर्माले आफूहरु भ्रष्टाचारलाई निर्मुल गर्नतर्फ केन्द्रित रहेको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै शर्माले देशको प्रमुख शत्रु बनेर फैलिरहेको भ्रष्टाचारलाई कसरी निर्मुल गर्ने भनेर सरकारले गरिरहेको प्रयासले छिट्टै सार्थकता पाउने पनि स्पष्ट पार्नुभएको छ ।

    देशको गरिवी र बेरोजगारको अन्त्य गरि रोजगारी कसरी सिर्जना गर्ने, उत्पादन कसरी बढाउने भन्नेबारे अहिलेको सरकार लागिपरेको समेत नेता शर्माको दाबी रहेको छ । यस्तै, पार्टीको हिजोदेखि जारी स्थायी समिति बैठक आज पनि जारी रहने नेता शर्माले बताउनुभयो बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

    हिजोको बैठकमा विधान मस्यौदा कार्यदलका संयोजक एवं उपाध्यक्ष पम्फा भुसालले विधानका प्रमुख विशेषताका बारेमा बैठकमा प्रस्तुति दिनुभएको थियो । विधानमाथि महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिवद्वय गणेश साह र राम कार्की तथा स्थायी समिति सदस्य शशि श्रेष्ठले धारणा राखेको नेता शर्माले जानकारी दिनुभयो ।

    विधानमा धारणा राख्ने अधिकांश सदस्यले पार्टी विधानमा समाजवादी मूल्य, मान्यता र आदर्श स्थापित तथा समाजवादी विचारधारा प्रवाहित हुनेगरी व्यवस्था गर्नुपर्नेमा जोड दिएको उहाँको भनाइ छ । नेताहरूले पार्टी कमिटी चुस्त दुरुस्त हुनुपर्ने, केन्द्रीय समिति एक सय ५१ सदस्यीय बनाइनुपर्ने धारणा व्यक्त गरेका थिए ।

    माओवादीले विधानमाथि छलफल गर्न आइतबार र सोमबार केन्द्रीय समितिको बैठक बोलाएको छ । माओवादीले आगामी फागुन पहिलो साता विधान सम्मेलन आयोजना गरेको छ । फागुन १, २ र ३ गते विधान सम्मेलन हुँदै छ ।


    शनिवार, माघ २७ २०८००८:३८:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij