Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेस अनुशासनहिनता र अराजक भिडतर्फ उन्मुख हुदै छ: श्याम घिमिरे

कांग्रेस अनुशासनहिनता र अराजक भिडतर्फ उन्मुख हुदै छ: श्याम घिमिरे

  • बुधवार, फाल्गुण २ २०८०

  • 487
    SHARES

  • कांग्रेस अनुशासनहिनता र अराजक भिडतर्फ उन्मुख हुदै छ: श्याम घिमिरे

    काठमाडौं । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले आफ्नो पार्टीमा पछिल्लो समय अनुशासनहिनता र अराजक भिडतर्फ उन्मुख हुदै गइरहेको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता घिमिरेले आफ्नो पार्टी पछिल्लो समय अनुशासनहिनता र अराजक भिडतर्फ उन्मुख हुदै गइरहेको स्विकार गर्दै यहि फागुन ७ गते बस्ने केन्द्रिय समिती बैठकमा यस विषयमा गम्भिररुपमा समिक्षा हुनुपर्ने स्पष्ट पार्नुभयो ।

    कोशी प्रदेशमा देखिएको चुनावी नतिजाले पनि कांग्रेसमा अनुशासनहिनता देखिएको स्पष्ट हुने नेता घिमिरेको भनाइ छ तर नेतृत्वतहबाट भएको कमजोरी नभएकाले आगामी दिनहरुमा यस्ता कमजोरी र गल्ती नदोहो¥याउन पार्टी प्रतिवद्ध बन्नुपर्ने आवश्यक रहेकोमा जोड दिनुभयो ।

    यस्तै, महासमिती बैठकमा हिन्दुराष्ट्रको कुरा आधिकारिक एजेण्डाका रुपमा नल्याउने नेता घिमिरेले बताउनुभएको छ । पार्टीका सदस्यहरुले व्यक्तिगतरुपमा उठाउने कुरा फरक भएको बताउँदै नेता घिमिरेले आधिकारिक रुपमा भने महासमिति बैठकमा पेश नहुने दाबी गर्नुभयो ।

    यस्तै कांग्रेसभित्र गणतन्त्रको बारेमा अब पूर्नविचार गर्नुपर्छ भन्ने विषयमा बहसहरु नभएको र नहुने पनि नेता घिमिरेको भनाइ छ ।


    बुधवार, फाल्गुण २ २०८०१०:४७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij