Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देश र जनताको स्वार्थसँग सम्बन्धित भएकाले फागुन ९ गतेको प्रदर्शनमा सबैको सहयोग आवश्यक छ: राजेन्द्र लिङदेन

देश र जनताको स्वार्थसँग सम्बन्धित भएकाले फागुन ९ गतेको प्रदर्शनमा सबैको सहयोग आवश्यक छ: राजेन्द्र लिङदेन

  • बिहिवार, फाल्गुण ३ २०८०

  • 540
    SHARES

  • देश र जनताको स्वार्थसँग सम्बन्धित भएकाले फागुन ९ गतेको प्रदर्शनमा सबैको सहयोग आवश्यक छ: राजेन्द्र लिङदेन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले यहि फागुन ९ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले यो आन्दोलनलाई सफल पार्न सबैको सहयोगको अपिलसमेत गर्नुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका लिङदेनले आफ्नो पार्टीले उठाउँदै आइरहेको सडक संघर्षका कुरा, आन्दोलनका कुरा पार्टीविशेष मात्रै नभई जनता र देशको स्वार्थसंग सम्बन्धित भएकाले यो आन्दोलनमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

    देशमा अहिले व्यापक रुपमा फैलिएको अस्थिरता, अराजकता, भ्रष्टाचार, युवा पलायन र जनतामा छाएको निराशाविरुद्ध नै आफूहरुले सडक आन्दोलन गर्न लागिएको नेता लिङदेनको भनाइ रहेको छ ।

    जति पनि देशमा अनियमितता र बेथिती छन् यसमा सुधार हुनुपर्ने, जनप्रतिनिधीहरुको ठुलो संख्या कटौती हुनुपर्ने, प्रदेश तथा रािष्ट्रय सभाको खारेजी हुनुपर्ने, केन्द्र र बलियो स्थानिय तह मात्रै भएको दुई तहको सरकार हुनुपर्ने, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने र अभिभावकिय संस्थाको रुपमा राजा रहने व्यवस्था हुनुपर्ने, कार्यकारी पदहरुमा कुनै पनि व्यक्ति दुई कार्यकाल भन्दा बढि रहन नपाउने व्यवस्था हुनुपर्ने, वैदिक सनातन धर्मसापक्षे हिन्दुराष्ट्र हुनुपर्ने लगायत विकास, शुसासनका समस्याहरु उठाएर सडकमा आफूहरु जान लागेको नेता लिङदेनले स्पष्ट पार्नुभयो ।

    यस्तै, राप्रपाले राष्ट्रियता, विकास, सुशासन, सेवा प्रवाहलगायत जनजीविकासँग सम्बन्धित माग राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मागपत्र पनि बुझाउने लिङदेनले बताउनुभयो ।

    यसैबीच फागुन ९ गते नै राप्रपाले देशका ७४ जिल्लामा प्रदर्शन सहित प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई मागपत्र पेश गर्ने कार्यक्रमसमेत तय भएको छ ।


    बिहिवार, फाल्गुण ३ २०८००८:४२:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij