Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रभावकारी प्रस्तुती देखाउने मन्त्रीलाई प्रोत्साहन र नगर्नेलाई परिवर्तन गर्नुपर्छ: उपेन्द्र यादव

प्रभावकारी प्रस्तुती देखाउने मन्त्रीलाई प्रोत्साहन र नगर्नेलाई परिवर्तन गर्नुपर्छ: उपेन्द्र यादव

  • शनिवार, फाल्गुण ५ २०८०

  • 589
    SHARES

  • प्रभावकारी प्रस्तुती देखाउने मन्त्रीलाई प्रोत्साहन र नगर्नेलाई परिवर्तन गर्नुपर्छ: उपेन्द्र यादव

    काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जनता निराश हुनुका कारणहरु पत्ता लगाएर राजनीतिक दलहरुले सहकार्य गरी जनताको हितमा हुने गरी समस्याको समाधान खोज्न संकल्प र प्रतिवद्धका साथ व्यवहारमा उतार्नुपर्ने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व मन्त्रीसमेत रहनुभएका यादवले हिजोका दिनमा जनताको लागि गर्छौ भनेर बोल्नेमात्रै भइरहेको बताउँदै अहिले सरकारबाट काम भइरहेको तर जति भएका छन् यी प्रर्याप्त भने नभएकाले अब आगामी दिनमा नितान्त जनता र देशको विकाशका लागि काम गर्नुपर्ने स्पष्ट पार्नुभयो ।

    सरकारमा रहेका मन्त्रीहरुमा जस्को काम र प्रस्तुती राम्रो छैन त्यसको ठाउँमा मन्त्री परिवर्तन गरेर भए पनि देखिने र जनप्रभावकारी कामहरु हुनुपर्ने नेता यादवको भनाइ छ । सरकार जनताप्रति जवाफदेहि हुनुपर्ने समेत उहाँले बताउनुभयो ।

    प्रधानमन्त्री की मन्त्रीहरु परिवर्तन भन्ने प्रश्नमा नेता यादवले अहिले तत्कालै प्रधानमन्त्री परिवर्तन गर्नुपर्ने नदेखिएकाले जहाँ जस्मा समस्या र कमजोरी देखिएको छ त्यो ठाउँमा फेरेर अगाडि बढ्नुपर्ने तर्क गर्दै प्रधानमन्त्रीले पनि आफूले गरेका प्रतिवद्धता र संकल्प कार्यन्वयन हुने गरी कामकारवाही देखाउनुपर्ने सुझाव दिनुभयो ।

    यस्तै उहाँले अहिलेको सत्ता गठबन्धन तत्कार फेरबदल हुने सम्भावना नरहेको पनि बताउनुभएको छ । यस्तै, जसपले युवालाई प्रशिक्षण दिने भएको छ ।

    जनकपुरस्थित रमण टावरमा आजदेखि तीन दिवसीय प्रशिक्षणको आयोजना गरी पार्टीनिकट युवालाई प्रशिक्षण दिन लागेको हो । जसपाले पार्टीको प्रदेशस्तरिय प्रशिक्षण सम्पन्न गरी भ्रातृसङ्गठनको प्रशिक्षण गर्न लागेको हो । समाजवादी युवा सङ्घ, नेपाल केन्द्रीय समितिको आयोजनामा हुन लागेको प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष यादवलगायतका नेताहरू प्रशिक्षकको रूपमा रहने छन् ।

    सङ्गठनका केन्द्र, प्रदेश र जिल्ला तहका पदाधिकारी तथा सदस्यहरू गरी करिब एक सय तीस जना प्रतिनिधि प्रशिक्षणमा सहभागी हुने छन् । प्रशिक्षण आज मध्यान्ह १२ बजेदेखि सुरु हुने छ । जसपाले यस अघि महिला सङ्गठनका पदाधिकारी तथा सदस्यलाई प्रशिक्षण दिएको थियो ।


    शनिवार, फाल्गुण ५ २०८००७:३३:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij