Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

इन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता सम्पन्न, यी हुन् विजेता 

इन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता सम्पन्न, यी हुन् विजेता 

  • बुधवार, फाल्गुण ९ २०८०

  • 1.6K
    SHARES

  • इन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता सम्पन्न, यी हुन् विजेता 
    काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा भएको “इन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता– २०८०” मा मध्य कोटेश्वर बानेश्वर समितिका दिलीप थापा मगर र बिमा अनुरागी प्रथम हुनुभएको छ । 
     
    जसमा कोरिया शाखाका टेकराज भण्डारी र तारा थापा द्वितीय, जापान शाखाका निशान विश्वकर्मा र सपना रोका तृतीय, अनामनगर समितिका विजय बानिया र सबिता परियार सान्त्वना हुनुभएको थियो ।
     
    ४८ समूह मध्य जुम्लाकी गीता सेजुवाल उत्कृष्ट नव गायिका, पाल्पाका रबिन नेपाली उत्कृष्ट नव गायक, बसपार्क समिति रातोकी जमुना बिक उत्कृष्ट प्रतिभावान् गायिका, बसपार्क समितिका रत्न श्रेष्ठ उत्कृष्ट भेषभुषा, बागमती प्रदेशकी आशा केसी उत्कृष्ट भेषभुषा, लुम्बिनीकी लक्ष्मी बस्नेत उत्कृष्ट सृजनशील गायिका, उपत्यका समन्वय समितिकी शर्मिला श्रेष्ठ उत्कृष्ट अनुशासित गायिका, काठमाडौंका अनिल सुनार उत्कृष्ट अनुशासित गायक, बागलुङका सुमन खड्का उत्कृष्ट गायक, सुन्धारा समितिकी तिर्सना बुढा क्षेत्री उत्कृष्ट गायिकाको छनौटमा पर्न सफल हुनुभएको थियो ।
     
    धादिङको चरौदीमा यही फागुन ५ गतेबाट सुरु भएको “इन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता–२०८०” को समुद्घाटन नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको थियो भने केन्द्रीय अध्यक्ष रिता थापा मगरले अध्यक्षता ग्रहण गर्नुभएको थियो ।
     
    फागुन ८ गते सम्पन्न “इन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता–२०८०” को समापन कार्यक्रममा केन्द्रीय अध्यक्ष रिता थापा मगरको अध्यक्षता रहेको थियो भने नेपाल सरकारका नागरिक उड्डयन, पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यता रहेको थियो । समापन कार्यक्रममा बेनीघाट गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया, प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्मर विरही गुरुङ, प्रतिष्ठानका पूर्व अध्यक्षहरू प्रजापति पराजुली, दुर्गा रायमाझी, चन्द्र शर्मा, बद्री पंगेनी आदीको विशेष आतिथ्यता रहेको थियो ।
     
    “इन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता–२०८०” को समापन कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष पशुपति शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो । “इन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता–२०८०” मा प्रतियोगिता संयोजक प्रशासनिक उपाध्यक्ष दीपक खड्का, कार्यक्रम संयोजक प्रशासनिक सचिव जीवन दाहाल रहेका थिए भने मुटुको अप्रेसन सफल भएपछि पहिलो पटक केन्द्रीय सहकोषाध्यक्ष ईश्वरी प्रसाद भुसालले वाद्यवादन संयोजकका भूमिका निर्वाह गर्नुभएको थियो ।
     
    “इन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता–२०८०” मा प्रथम पुरस्कार ३ लाख रुपैयाँ, द्वितीय पुरस्कार २ लाख रुपैयाँ, तृतीय पुरस्कार १ लाख रुपैयाँ, सान्त्वना पुरस्कार ५० हजार रुपैयाँ रहेको कुरा प्रतिष्ठानका सञ्चार समन्वय विभागका संयोजक राज कुमार रायमाझीले जानकारी गराउनुभएको छ । औपचारिक कार्यक्रमको सञ्चालन केन्द्रीय महासचिव शिव हमालले गर्नुभएको थियो भने दोहोरी प्रतियोगिताको कार्यक्रम सञ्चालन पूर्व अध्यक्ष प्रजापति पराजुली र कार्यक्रमका सहसंयोजक भरत बराकोटीले गर्नुभएको थियो ।
     


    बुधवार, फाल्गुण ९ २०८००४:४६:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij