Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संसदलाई दलहरुले राजनीतिक प्रचारप्रसारको थलोको रुपमा उपयोग गर्न थाले: रमेश लेखक

संसदलाई दलहरुले राजनीतिक प्रचारप्रसारको थलोको रुपमा उपयोग गर्न थाले: रमेश लेखक

  • शनिवार, फाल्गुण १२ २०८०

  • 581
    SHARES

  • संसदलाई दलहरुले राजनीतिक प्रचारप्रसारको थलोको रुपमा उपयोग गर्न थाले:  रमेश लेखक

    काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदलाई दलहरुले राजनीतिक प्रचारप्रसारको थलोको रुपमा उपयोग गरिरहेको आरोप लगाउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासंग कुरा गर्दै प्रमुख सचेतक लेखकले जनताका समस्या र मुद्दाहरु उठाउने थलो संसदलाई आ–आफ्नो दल राम्रो, आफूहरुले मात्रै राम्रो काम गरेकोलगायतका कुरामा मात्रै प्रचारबाजी गर्ने थलो बनाइरहेको आरोप लगाउनुभयो ।
    यस्तै प्रमुख सचेतक लेखकले संसद काम नलाग्ने ठाउँ हो भन्ने सन्देश गए व्यवस्थाको लागि घातक हुने समेत बताउनुभएको छ ।

    प्रमुख सचेतक लेखकले सांसदहरुको गतिविधि व्यवस्थाकाविरुद्धमा वातावरण बन्नेतिर निर्देशित भएका छन् कि भन्ने विषयमा सोच्न जरुरी रहेको बताउँदै धेरै विधेयकहरु बनाउनुपर्ने अवस्था रहेको भन्दै संसदभित्र अवरोध गर्नु नहुने पनि बताउनुभएको छ ।

    हिजो प्रतिपक्ष दल लगायतका प्रतिपक्ष दलहरुका कारण संसद बैठक अवरुद्ध भएको थियो । बैठकमा आकस्मिक समयमा सांसदहरुले आ–आफ्नो कुरा राख्दै गर्दा आपत्ति जनाउँदै प्रतिपक्ष दलहरुले प्रतिनिधि सभा बैठक अवरोध गरेका हुन् ।

    प्रमुख सचेतक लेखकले संसदभित्र आलोचना स्वस्थ ढंगले गर्नुपर्ने र धैर्यता, संयमित भएर सांसदहरुले आ–आफ्ना कुराहरु राख्नुपर्ने जोडसमेत दिनुभएको छ ।

    यस्तै प्रतिपक्षले खाली सरकारका विरुद्धमा बोलेर आफूमात्रै राम्रो छु भनेर भन्नु गलत रहेको पनि उहाँको भनाइ छ ।

    विवादित मन्त्रीहरुकोबारेमा आफ्नो पार्टीले प्रतिपक्षले भन्दा पनि खरोरुपमा सरकार, प्रधानमन्त्री र मन्त्रीहरुलाई प्रश्न र खबरदारी गरिरहेको समेत लेखकले दाबी गर्नुभएको छ ।


    शनिवार, फाल्गुण १२ २०८००७:५७:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij