Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विवादित तीन मन्त्रीलाई तत्काल सरकारबाट हटाउनुपर्छ: सूर्य थापा

विवादित तीन मन्त्रीलाई तत्काल सरकारबाट हटाउनुपर्छ: सूर्य थापा

  • आइतवार, फाल्गुण १३ २०८०

  • 474
    SHARES

  • विवादित तीन मन्त्रीलाई तत्काल सरकारबाट हटाउनुपर्छ: सूर्य थापा

    काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले देश र जनाताको हितको लागि सोच्ने र लड्ने आफूहरुमात्रै भएको दाबी गर्नुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासंग कुरा गर्दै नेता थापाले पछिल्लो समय देशमा बढिरहेको भ्रष्टाचार, अनियमितता र बेथितीविरुद्ध आफूहरुले लगातार दबाब र खरबदारी गरिरहेको बताउँदै सरकारले मिटरब्याज पीडितको माग तत्काल सम्बोधन गर्नपर्नेमा जोड दिनुभयो ।

    यस्तै नेता थापाले गत पुस ११ गते बालकुमारीमा दुई जना युवकको ज्यान जाने गरी भएको घटनामा जिम्मेवारी मन्त्री प्रकाश ज्वालालगायतका विभिन्न काण्डमा मुछिएका मन्त्रीहरुलाई तत्काल सरकारबाट हटाउनुपर्ने र नहटाएसम्म आफूहरुले संसदमा अवरोध गरिरहने पनि बताउनुभयो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आएर विवादित मन्त्रीहरुका बारेमा बोल्नुपर्ने र यातायातमन्त्री ज्वाला, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र पर्यटनमन्त्री सुदन किराँतीलाई तत्काल सरकारबाट हटाउनुपर्ने नेता थापाको भनाइ रहेको छ ।

    टेरामक्स काण्डमा संलग्न रहेको भनेर स्वास्थ्य मन्त्री बस्नेतसँग अख्तियारले बयान लिएको बताउँदै उहाँले मुद्दा प्रभावित पार्न सक्ने भन्दै मन्त्री बस्नेतलाई पनि सरकारबाट हटाउन माग गर्नुभएको छ भने गौतम बुद्धको अस्तु धातु भएको रामग्राम प्राइभेट कम्पनीलाई ९९ वर्षसम्मलाई भाडामा दिने प्रक्रियामा पर्यटन मन्त्री किराँती संलग्न रहेको बताउँदै नैतिकताको आधारमा उहाँ पनि सरकारमा बस्न नहुने नेता थापाको माग छ ।

    एमालेले गत शुक्रबारको संसद बैठकमा पनि तीन जना मन्त्रीहरुको राजीनामा माग गरेको थियो ।


    आइतवार, फाल्गुण १३ २०८००८:२७:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij