Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

इलाम र बझाङका रिक्त स्थानमा वैशाख १५ गते उपनिर्वाचन

इलाम र बझाङका रिक्त स्थानमा वैशाख १५ गते उपनिर्वाचन

  • आइतवार, फाल्गुण १३ २०८०

  • 834
    SHARES

  • इलाम र बझाङका रिक्त स्थानमा वैशाख १५ गते उपनिर्वाचन

    काठमाडौं । निर्वाचन आयोगले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा २०८० साल वैशाख १५ गते उपचुनाव गराउने निर्णय गरेको छ ।

    आयोगको आइतबार बसेको बैठकले कोशी प्रदेशको इलाम–३ र मा सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा वैशाख १५ मा निर्वाचन गराउने निर्णय गरेको हो ।

    इलाम–२ मा २०७९ मा भएको निर्वाचनमा एमालेका नेम्वाङ निर्वाचित हुनुभएको थियो भने बझाङ–१ को प्रदेशसभामा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित हुनुभएको थियो ।

    ‘निर्वाचन आयोगको आज मिति २०८० फागुन १३ गते बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको परामर्श समेतको आधारमा इलाम जिल्ला निर्वाचन क्षेत्र नं २ का रिक्त प्रतिनिधिसभा सदस्य पद एक र सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा रिक्त प्रदेशसभा सदस्यको उपनिर्वाचन आगामी २०८१ साल वैशाख १५ गते शनिवार गर्ने गरी निर्वाचनको मिति तोकेको छ’,निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    नेम्वाङको भदौ २६ गते हृदयाघातका कारण निधन भएको थियो भने सिंहको असार २५ मा सवारी दुर्घटनामा निधन भएको थियो ।


    आइतवार, फाल्गुण १३ २०८००१:५६:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij