Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गठबन्धनमा अहिले कुनै पनि असर पर्दैन: रामहरि खतिवडा

गठबन्धनमा अहिले कुनै पनि असर पर्दैन: रामहरि खतिवडा

‘कम्युनिष्ट एक भए पनि कांग्रेस डराउने अवस्था छैन’
  • सोमवार, फाल्गुण १४ २०८०

  • 590
    SHARES

  • गठबन्धनमा अहिले कुनै पनि असर पर्दैन: रामहरि खतिवडा

    काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सत्ता गठबन्धनमा अहिले कुनै पनि असर नपर्ने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासंग कुरा गर्दै सभापति खतिवडाले राजनीतिक पार्टीहरुको भेटघाट जो संग पनि हुन सक्ने बताउँदै प्रचण्डसँग ओलीको, ओलीको देउवालगायतका नेतासँग भेटघाट र छलफल हुनु स्वभाविक भएको स्पष्ट पार्नुभयो ।

    नेताहरुको भेटघाटलाई नै आधार मानेर कम्युनिष्टहरु तत्काल एक भइहाल्छन् भनेर मानिहाल्नुपर्ने अवस्था नरहेको बताउनुभयो । यस्तै कम्युनिष्टहरु एक भइहाले भने पनि कांग्रेस आत्तिनुपर्ने कारण नभएकाले एक हुन चाहनेहरुलाई रोक्न नसकिने तर्क गर्नुभएको छ ।

    एक हुने नहुने भन्दा पनि मुलुक र जनताको लागि विकाशका काम कसरी गर्ने भन्ने कुरा महत्वपूर्ण रहेकाले अहिले यसतर्फ सरकार र मन्त्रीको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

    यस्तै सभापति खतिवडाले गठबन्धन भन्दा पनि आफूहरु यतिबेला जनतालाई डेलिभरी दिने, सुशासनको अनुभुति दिने र काम गर्न सक्ने वातावरण सिर्जना गर्नेतर्फ केन्द्रित रहेको बताउनुभएको छ ।

    यस्तै उहाँले बिग्रदै गइरहेको देशको आर्थिक अवस्थालाई ट्रयाकमा ल्याउने काम भइरहेको र नेपाललाई लगानीको वातावरण भएको देशको रुपमा विश्वव्यापीरुपमा चिनाएर विदेशी मुलुकले ढुक्ककासाथ लगानी गर्न सक्ने अवस्था बन्दै गइरहेको पनि दाबी रहेको छ ।


    सोमवार, फाल्गुण १४ २०८००८:१५:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij