Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धन अहिले नै फेरबदल हुँदैन: खगराज भट्ट

सत्ता गठबन्धन अहिले नै फेरबदल हुँदैन: खगराज भट्ट

‘माओवादीको निर्णय कांग्रेसले सम्मानपूर्वक हेर्छ ’
  • बिहिवार, फाल्गुण १७ २०८०

  • 582
    SHARES

  • सत्ता गठबन्धन अहिले नै फेरबदल हुँदैन: खगराज भट्ट

    काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता खगराज भट्टले सत्ता गठबन्धन अहिले नै फेरबदल नहुने बताउनुभएको छ ।

    पछिल्लो समय गठबन्धनमा दरार र नेपाली कांग्रेससँग खटपट लगायतका सार्वजनिक भइरहेका खबरको खण्डन गर्दै नेता भट्टले भोलिका दिनमा भन्न नसकिने तर अहिले तत्काल गठबन्धन टुट्ने संभावना नरहेको प्रष्ट पार्नुभयो ।

    माओवादी केन्द्रले पनि राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । स्थायी कमिटी बैठकले गरेको यो निर्णयबाट एक वर्षअघि निर्माण भएको सत्ता गठबन्धनको भविष्य अब के हुने भन्ने प्रश्न खडा भएको हो ।

    नेपाली कांग्रेस महासमिति बैठकमा महामन्त्री गगन थापाले पेस गरेको आगामी आमनिर्वाचनमा गठबन्धन नगर्नेसहितको प्रस्तावले सत्ता साझेदार दलहरूबीच आशंका जन्माएको थियो । लगत्तै माओवादी केन्द्रले पनि आगामी आमनिर्वाचनमा पार्टीले एक्लै प्रतिस्पर्धा गर्नेगरी तयारी गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

    गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्ता साझेदार दलहरुबीच चुनावी तालमेल भएको थियो । सोही क्रममा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी गठबन्धन दलहरूले उम्मेदवार बनाएका थिए । कोसी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित सिटौला सत्ता गठबन्धनकै समर्थनमा अध्यक्ष हुनेमा ढुक्क देखिनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै माओवादी केन्द्रका नेता भट्टले कांग्रेसले कोशी प्रदेशमा दिएको धोका र महासमिति बैठकमा पास गरेको प्रस्तावलगायतका प्रकरणबाट आफूहरुले बेहोर्नुपरेको क्षतीकाबिच अब नयाँ शिराबाट अगाडि बढ्ने भन्ने अर्थमा गरिएको विवेचना र समिक्षा भएको स्पष्ट पार्नुभएको छ ।

    माओवादीबाट अहिले प्रधानमन्त्री मात्रै प्रमुख पदमा रहेको र उहाँको कार्यकाल पनि एक वर्ष धेरै भइसकेको अवस्थामा अब कुनै निश्चित बिन्दुमा गएर प्रचण्डले त्यो पद छोड्नुपर्ने हुने भएकाले त्यसपछि संवैधानिक परिषद्मा माओवादीको उपस्थिती शून्य हुने स्थिती आउन नदिन पनि आफूहरुले राष्ट्रिय सभामा उम्मेदवार उठाउन खोजेको उहाँको भनाइ छ ।

    यस्तै गठबन्धनको एक सहयात्रीले प्रधानमन्त्री, राष्ट्रपति, राष्ट्रिय सभाको अध्यक्ष पनि पाउने अर्को सयात्री प्रमुख पदहरु सबैबाट बन्चित हुने स्थिति नआओस, सबै गठबन्धनका सहयात्रीहरुले सम्मानजनक उपस्थिती पाइराखुन् भन्ने कोणबाट यो कुरा आएकोले माओवादीको यो निर्णयलाई कांग्रेसले सम्मानपूर्वक हेर्छ भन्ने आफूहरुको बुझाइ रहेको नेता भट्टको भनाइ छ ।


    बिहिवार, फाल्गुण १७ २०८००८:२३:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij