Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

दुर्घटनाबाट मृत्यु भएकाहरुको शव युक्रेन फिर्ता गर्न रुस तयार

दुर्घटनाबाट मृत्यु भएकाहरुको शव युक्रेन फिर्ता गर्न रुस तयार

  • शुक्रवार, फाल्गुण १८ २०८०

  • 1.0K
    SHARES

  • दुर्घटनाबाट मृत्यु भएकाहरुको शव युक्रेन फिर्ता गर्न रुस तयार

    काठमाडौं । बेलगोरोड क्षेत्रमा सैन्य आईएल–७६ विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको शव युक्रेनमा हस्तान्तरण गर्नको लागि रुस तयारी अवस्थामा रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

    प्रक्रियागत दृष्टिकोणबाट आवश्यक पर्ने सबै कुरा तयारी अवस्थामा भएको रुसी मानव अधिकार आयुक्त तात्याना मोस्काल्कोभालाई उदृत गर्दै रुसको आरआइए नोभोस्ती समाचार एजेन्सीले जनाएको छ । विद्यमान प्रक्रियाहरु सल्टाएर शव हस्तान्तरण गर्न सकिने उहाँले बताउनुभयो ।

    जनवरी २४ मा, युक्रेनी सशस्त्र बलले बेलगोरोड क्षेत्रमा रुसी सैन्य यातायात विमान, आईएल–७६ लाई गोली हानेको थियो । विमानमा ६५ जना युक्रेनी कैदीहरु आदान प्रदानका लागि सवार थिए । दुर्घटनामा कैदीहरुको साथमा तीन जना रुसी अधिकारीहरुका साथै छ जना चालक दलका सदस्यहरुले आफ्नो ज्यान गुमाएका छन् ।

     


    शुक्रवार, फाल्गुण १८ २०८००५:४५:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij