Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अहिलेको आवश्यक्ता देखेर राष्ट्रियसभा अध्यक्षमा उम्मेदवार उठाउने निर्णय भएको हो: चक्रपाणि खनाल

अहिलेको आवश्यक्ता देखेर राष्ट्रियसभा अध्यक्षमा उम्मेदवार उठाउने निर्णय भएको हो: चक्रपाणि खनाल

‘गठबन्धन टुटाउनेबारे छलफल भएको छैन ’
  • शनिवार, फाल्गुण १९ २०८०

  • 497
    SHARES

  • अहिलेको आवश्यक्ता देखेर राष्ट्रियसभा अध्यक्षमा उम्मेदवार उठाउने निर्णय भएको हो: चक्रपाणि खनाल

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव चक्रपाणि खनालले सत्ता गठबन्धन टुटाउनेबारे छलफल नभएको बताउनुभएको छ । नेपाली कांग्रेस महासमिति बैठकमा पेश भएका केहि विषयमा छलफल र निर्णय भएको भए पनि अहिले नै कांग्रेससँगको गठबन्धन टुटाउने फुटाउने पक्षमा आफूहरु नरहेको र आधिकारिक छलफल पनि नभएको पूर्वमन्त्री समेत रहनुभएका खनालले स्पष्ट पार्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै खनालले आगामी चुनावमा को सँग तालमेल हुन्छ भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको भए पनि अहिलेलाई तत्काल यो गठबन्धन टुटिहाल्छ भनेर भन्नु गलत भएको तर्क गर्नुभएको छ ।

    कोहि व्यक्ति विशेषले कुनै सन्दर्भमा बाहिर सार्वजकिरुपमा के भने के बोले भन्दा पनि यो गठबन्धनमा आवद्ध दलहरुको विषय भएकाले यसको निर्णय पनि आधिकारीक रुपमै दलहरुले गर्ने उहाँको भनाइ छ ।

    अहिलेको परिस्थितिमा राष्ट्रिय सभाको अध्यक्ष छोड्न हुन्न भन्ने भएरै र आवश्यकता देखिएरै आफ्नो पार्टीबाट उम्मेदवार उठाउनुपर्ने निर्णय गरिएको नेता खनालले बताउनुभयो । माओवादी केन्द्रले पनि राष्ट्रिय सभामा अध्यक्षका लागि आफ्ना उम्मेदवार उठाउने निर्णय गरेपछि सत्ता गठबन्धनमा खटपट आएको हो भन्ने विभिन्न किसीमका टिकाटिप्पणी भइरहेको छन् ।

    यहि बिचमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले हिजो एकै मन्चमा गठबन्धन नटुट्ने प्रतिवद्धता जनाएका छन् भने नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेर राष्ट्रिय सभा अध्यक्ष कसले लिने भन्ने विषयमा देखिएको विवादका कारण गठबन्धन भत्किन नदिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्नुभएको छ ।


    शनिवार, फाल्गुण १९ २०८००७:५५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij