Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादीलाई कांग्रेसबाट असहयोग भयो: अमनलाल मोदी

माओवादीलाई कांग्रेसबाट असहयोग भयो: अमनलाल मोदी

‘मन्त्रिपरिषद् पुर्नगठन हुन्छ, सबै नयाँ अनुहार आउछन्’
  • आइतवार, फाल्गुण २० २०८०

  • 575
    SHARES

  • माओवादीलाई कांग्रेसबाट असहयोग भयो: अमनलाल मोदी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता अमनलाल मोदीले गठबन्धनको ठुलो दल नेपाली कांग्रेसले माओवादीलाई असहयोग गरिरहेको बताउनुभएको छ ।

    कोशी प्रदेशमा आएको नतिजा, महासमिति बैठकबाट गरिएको निर्णयलाई हेर्दा कांग्रेसले गठबन्धनमा रहेर पनि एकलौटी गरिरहेको स्पष्ट हुने पूर्वमन्त्री समेत रहनुभएका मोदीले दाबी गर्नुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता मोदीले पार्टीगत रुपमा गर्ने निर्णय फरक कुरा भए पनि गठबन्धनमा प्रभाव पर्ने किसिमका निर्णयहरु एकलौटी गर्नु नहुने बताउँदै आफूहरुले राष्ट्रिय सभामा अध्यक्ष उठाउने निर्णय स्वभाविक र आवश्यक भएको स्पष्ट पार्नुभएको छ ।

    पछिल्लो समय गठबन्धनमा खटपटलगायका खबरहरु सार्वजनिक भइरहेको बेला नेता मोदीले अहिले नै गठबन्धन टुटिहाल्ने अवस्था भने नभएको दाबी गर्नुभयो ।

    यस्तै नेता मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अब छिट्टै मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारीमा रहेको बताउनुभएको छ । मन्त्रीहरुको कामबाट असन्तुष्ट देखिनुभएका प्रधानमन्त्रीले पुरानालाई हटाएर सबै दलबाट नयाँ र काम गर्ने शक्ति भएकालाई मन्त्रीमा ल्याउने नेता मोदीको विश्वास रहेको छ ।


    आइतवार, फाल्गुण २० २०८००८:३६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij